Home / Blogs / एनआइयूको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक; बुकिङ खुल्ला
  • Latest Scooter
  • 0

एनआइयूको नयाँ स्कुटर नेपाली बजारमा सार्वजनिक; बुकिङ खुल्ला

Nepal Auto Trader

Share this News

image

एनआइयू इलेक्ट्रीक स्कुटरको लागि नेपालको आधिकारीक विक्रेता इको इन्फिनिटीले नयाँ इलेक्ट्रिक स्कुटर गोभा जीओ-३ नेपाली बजारमा सार्वजनिक गरेको छ । इको इन्फिनिटीले नयाँ स्कुटर गोभाको प्रि–बुकिङ समेत खोलेको छ । एनआईयू गोभा जीओ-३ फोनमार्फत प्रि–बुकिङ गर्न सकिने पनि कम्पनीले जनाएको छ । एनआईयू नेपालको फेसबुक पेजमा प्रि–बुकिङको जानकारी दिइएको छ ।


एनआईयूका अन्य इलेक्ट्रिक स्कुटर भन्दा यो स्कुटर अलि फरक रहेको छ । सो स्कुटरमा २.७ किलोवाटको मोटर जडान गरिएको छ भने यसमा ६० भोल्ट ४० एम्पियरको लिथिएम आयोन ब्याट्री प्याक रहेको छ । यसलाई फुल चार्ज गर्न ५ घन्टा लाग्छ भने, एक पटकको फुल चार्जमा यसलाई ६५ देखि ७५ किलोमिटर सम्म चलाउन सकिन्छ । यो स्कुटर प्रतिघन्टा ६० किलोमिटरको गतिमा गुड्न सक्छ ।


रातो र सेतो गरी २ कलरमा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुनेछ । सो इलेक्ट्रीक स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, डबल डिस्क ब्रेक, एलइडी लाइट्स जस्ता फिचरहरु उपलब्ध छन । स्कुटरको टायर पनि अन्य स्कुटरमा भन्दा फरक रहेको छ । एनआइयू गोभा जिओ-३ को मूल्य २ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले निषेधाज्ञा पश्चात् यसको डेलिभरी गर्ने तयारी गरिरहेको पनि जनाएको छ । 




Our latest comments