Home / Blogs / निशानको बिजुली कार ‘लिफ’ अर्को बर्ष सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

निशानको बिजुली कार ‘लिफ’ अर्को बर्ष सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

विश्व बजारमा इलेक्ट्रीक गाडीहरूको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ । वातावरण प्रदूषण रोक्नका लापि पनि विभिन्न कार निर्माताहरूले इलेक्ट्रीक गाडीहरू बजारमा ल्याइरहेका छन् । यस्तै, निशानले पनि अहिले आफ्नो दोस्रो जेनेरेशनको निसान लिफ इलेक्ट्रीक कारको भारतीय रोडमा परीक्षण गरिरहेको छ ।

समय निश्चित नभए पनि लिफ ल्याउने पक्का भएको शारदा ग्रुपका निर्देशक सन्दिप शारदाले जानकारी दिए। जापानीहरुले हामीलाई लिफ ल्याउन अनुमती दिइसकेका छन्। अहिले हामी अरु प्रकृया पुरा गर्दै छौ,’ उनले भने ‘ समय निश्चित नभएपनि डिसेम्बर वा जनावरीमा ल्याइसक्छौ । नेपालीहरुले कस्तो गाडी मन पराउँछन् भनेर स्पेसिफिकेसन बनाउँदैछौ, त्यही अप्सनको गाडी ल्याउँछौं उनले भने।

निशानको दोस्रो जेनेरेशनको निशान लिफको लूक्स आकर्षक रहेको छ । रेड–शेडसहित यस कारमा ब्ल्याक–कलर दिइएको छ । त्यस्तै, कारको ग्रिलमा ब्ल्यू एक्ससेन्ट प्रयोग गरिएको छ । फाइभ–डोरको यो ह्याच–ब्याकमा क्रोमको मुनी कम्पनीको सिग्नेचर भी–सेप्ड ग्रील राखिएको छ । 

सार्प–लूक ट्वीन–पोड हेडल्याम्प, सेन्ट्रल एयरडेममा होरिजेन्टल फगल्याम्प्स दिइएको लिफको रियरमा ब्ल्याक–कलर दिइएको छ । यस कारमा रुफ–माउन्टेड स्पोलर र टेलगेट दिइएको छ । जसमा निशानको लोगो राखिएको छ । यसको दायाँतिरको कर्नरमा जिरो एमिसन ब्लेज दिइएको छ । साथै, यसमा भर्टिकल पोजिसनको एलईडी टेलल्याम्प, माउन्ट्ड ब्रेक–लाइट, रियर डि–फ्यूजरकासाथै ब्ल्यू एक्ससेन्ट दिइएको छ ।

४० किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री दिएको निशान लिफले फुल चार्जमा २२० किलोमिटरको इलेक्ट्रिक रेन्ज दिन्छ। ७.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको प्रफमेन्स दिने भनिएको लिफको टप स्पिड १ सय ४४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको वेवसाइडमा उल्लेख छ। यसले १५० पिएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ।


 

Our latest comments