पायोनियोर मोटोकर्पको प्रिमियम ब्रान्ड निशान गाडीले नेपाली बजारमा राम्रो ब्यापार गर्दै आएको छ । पायोनियोरले नेपालमा ड्याट्सन र निशान गाडी बिक्री बितरण धेरै अघी देखी गर्दै आइरहेको छ । दुइवटा ब्रान्डको मद्दतले नेपाली बजारमा कम्पनीले बलियो उपस्थिती जनाइरहेको छ ।हालै कम्पनीले जारी गरेको मूल्यसूचि अनुसार नेपाली बजारमा निशान गाडीको मुल्य ४८ लाख ९९ हजारदेखि २ करोड २१ लाखसम्म रहेको छ ।अहिलेसम्म नेपालमा निसानका डिजेल, पेट्रोल इन्जिनका गाडी मात्र उपलब्ध छन । पायोनियोर मोटोकर्पले आउने भविष्यमा चर्चित विद्युतिय गाडी ‘निशान लिफ’ ल्याउने तयारी पनि गरिरहेको छ । निशानका गाडीहरुको मूल्यसूचि यस प्रकारका रहेका छन ।
| मोडल | इन्जिन क्षमता | मूल्य |
| किक्स एक्सएल पी | १४९८ सिसी | ४८,९९,००० |
| किक्स एक्सएल डी | १४६१ सिसी | ५०,९९,००० |
| किक्स एक्सभि पी | १४९८ सिसी | ५३,४९,००० |
| किक्स एक्सभि डी प्रिमियम | १४६१ सिसी | ५८,९९,००० |
| एक्सभिपी डी ओपिटी(मोनो) | १४६१ सिसी | ६४,९९,००० |
| एक्सभिपी डी ओपिटी(डुअल) | १४६१ सिसी | ६५,२५,००० |
| अर्भान १६ सिटर | २४८८ सिसी | ७७,९९,००० |
| नभारा एमटी | २४८८ सिसी | ९५,४९,००० |
| नाभारा एटी | २४८८ सिसी | १,०६,८५,००० |
| एक्स ट्रायल ५ सिटर | १९९८ सिसी | १,३९,९९,००० |
| एक्स ट्रायल ७ सिटर | १९९८ सिसी | १,४४,९९,००० |
| पेट्रोल जिआरएक्स | ३००० सिसी | २,२१,३९,००० |
PREVIOUS NEWS