यामाहा एफजेडएस २५ सार्वजनिक भएको छ । यामाहा एफजेड लाइनअपमा कम्पनीले नयाँ २५० सीसी मोटरसाइकल सार्वजनिक गरेको हो । सो बाइक तीन रङमा उपलब्ध रहेको छ । यसमा पेटिना ग्रीन, ह्वाइट भमिलियन र डार्क मेट ब्लु समावेश रहेको छ । योसँगै अल न्यू यामाहा एफजेडएस २५ एफजेड सिरिजकै प्रिमियम मोडल बनेको छ ।
एफजेड २५ मा आधारित यो मोटरसाइकलमा केही नयाँ फिचर समावेश गरेको कम्पनीले जनाएको छ । यसमा नकल गार्डका साथै फ्रन्ट भाइजर थप गरिएको छ । सो अपडेटेड मोडलमा मल्टी फंक्सन नेगेटिभ एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी डीआरएल, क्लास डी बाइ फक्शनल एलईडी हेडल्याम्प, अन्डर काउलिङ र इन्जिन कट अफ स्विचको साइड स्ट्यान्डर्ड जस्ता फिचर रहेको छ । एफजेडएस २५ १५४ किलोग्राम रहेको छ ।
यसको फ्रन्टमा टेलीस्कोपिक फर्क तथा रियरमा ७ स्टेप एड्जस्टएवल मोनोशक रहेको छ । ब्रेकिङमा डबल डिस्कका साथै डबल च्यानल एबीएस सुबिधा पाउन सकिन्छ । एफजेडएस २५० मा एफजेड २५ कै समान इन्जिन रहेको छ । यसमा रहेको २४९ सीसी बीएस६, सिंगल सिलिन्डर, एफआई, एयरकूल्ड इन्जिनले २०.८ पीएस पावर तथा २०.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यस कारण यसलाई यामाहाको उत्कृष्ट बाइक मानिएको छ ।
अबको केही महिनापछि यो नेपाली बजारमा आउन सक्ने अनुमान गरिएको छ । । सो बाइकको बजाज डोमिनार २५०, सुजुकी जिक्सर २५०, सुजुकी जिस्कर एसएफ २५० सँग प्रतिस्पर्धा हुनेछ । यो यामाहा एफजेड २५ बीएस ६ भन्दा ५ हजार भारतीय रुपैयाँले महंगो रहेको छ ।
PREVIOUS NEWS