टीभीएसले नयाँ एडिशन एनटर्क १२५ स्कुटर बजारमा सार्वजनिक गरेको छ । कम्पनीले स्पाइडर म्यान र थोर भेरियन्टमा एनटर्क १२५ सार्वजनिक गरेको हो । सो भेरियन्टका स्कुटर नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । २०१८ मा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ छोटो समयमै सफल स्कुटरका रूपमा स्थापित भएको छ । । टीभीएस एनटर्क नेपाली बजारमा सर्वाधिक विक्री हुने प्रिमियम स्कुटर रहेको कम्पनीले दावी गरेको छ । जगदम्वा मोटर्सले नेपालमा एनटर्कको ५ वटा भेरियन्टमा विक्री गर्दै आएको छ ।
यि दुई भेरियन्टका स्कुटर बिभिन्न कलर थिममा उपलब्ध छन । टीभीएस एनटर्क स्पाइडर म्यान भेरियन्टमा रातो र निलो कलर थिम रहेको छ भने यसको फ्रन्ट एप्रोन रातो कलर र फ्रन्ट फेन्डर निलो कलरमा साथै साइड प्यानल रातो र निलो कलरका साथ जसमा माकुरा र माकुराको जालोको सिम्वोल पाउन सकिन्छ । त्यसैगरी एनटर्क थोर भेरियन्टमा कालो र ग्रे कलरमा देख्न पाइन्छ भने यसमा ह्यामर, लाइटनिंग, ग्रे सुट, बग्रेन्डी केप जस्ता सिम्वोल दिइएको छ ।
एनटर्क स्पाइडर म्यान र थोर भेरियन्ट भने अन्य एनटर्क भेरियन्ट सँग उस्तै रहेको छ । सो स्कुटरमा १२४.८ सीसी, ३ भल्भ, एयरकुल्ड, एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ७००० आरपीएममा ९.१ बीएच पावर तथा ५५०० आरपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरको लम्बाई १८६१ एमएम, चौडाई ७१० एमएम, उचाई ११६४ एमएम, ग्राउण्ड क्लियरेन्स १५५ एमएम र १२८५ एमएमको ह्वीलवेस रहेको छ । सो स्कुटरमा ५.८ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३२ किलोमिटर माइलेज दिनेछ ।
बीएस ६ एनटर्कमा फ्रन्टमा २२० एमएमको डिस्क ब्रेक रहेको छ भने रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । यसमा फुल डिजिटल एलसीडी कन्सोल, फुल एलइडी हेडलाइट तथा टेल लाइट जस्ता फिचर रहेको छ । यसका अलावा यसमा राइड स्टाटिस्टीक्स, ल्याप टाइमर, ०–६० एशेलेरेसन टाइमर तथा मोड परिवर्तन गर्न सकिने छ । यो पावर फिगर अन्य प्रतिस्पर्धी १२५ सीसीको भन्दा केहि धेरै र १५० सीसीभन्दा सामान्य कम हो । यसको पावर र डिजाइनले जो कोहीलाई सहजै लोभ्याउने किसिमको छ ।
हाल नेपाली बजारमा उपलब्ध टीभीएस एनटर्क बीएस ६ भर्सनको मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको छ भने यसको बीएस ४ को मूल्य २ लाख ५४ हजार रुपैयाँ रहेको छ । यी दुई नयाँ भेरियन्टको मूल्य ८४ हजार ८५० भारतीय रुपैयाँ तोकिएको छ भने यसको नेपाली बजार मुल्य सार्वजनिक हुन बाँकी नै छ । नेपालका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको अधिकृत विक्रेता जगदम्वा मोटर्सले नयाँ मोडलका बाइक र स्कुटरहरू नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।