सार्वजनिक हुने भयो मारुती सुजुकी स्विफ्ट फेसलिफ्ट भर्सन

मारुती सुजुकीले आगामी महिना आफ्नो चर्चित गाडी स्विफ्टको फेसलिफ्ट मोडल सार्वजनिक गर्दैछ । यो भन्दा पहिले नै यसको फोटो अनलाइनमा लिक भएको छ ।

लिक भएको फोटो अनुसार अपडेटेड स्विफ्टमा नयाँ हनीकम्ब मेश रेडिएटर ग्रिल रहेको छ जसको बीचमा एक क्रोम स्ट्रिप रहेको छ । कारको फ्रन्ट बम्पर पनि संशोधित गरेको छ । यसमा समावेश गरेको ड्युल टोन अलोय ह्विलको कारण निकै आकर्षक बनेको छ ।

लिक भएको स्विफ्ट अन्तर्राष्ट्रिय मोडलको हो । नेपाली बजारमा आउने सुजुकी स्विफ्टमा परिवर्तन हुन्छ कि हुँदैन भन्ने वारेमा भने हाल केही बताइएको छैन ।

नयाँ स्विफ्टको इन्टेरियरको डिटेल सार्वजनिक भएको छैन । तर सो मोडलमा नयाँ सिट फ्रेब्रिक र एक्सेन्ट्स हुने अनुमान गरिएको छ । टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हाल उपलब्ध मोडलकै हुनेछ । सो कारमा क्रुज कन्ट्रोल र अटो फोल्डिङ एक्सटेरियर मिरर्स जस्ता फिचर हुनेछ ।

अपडेटेड मारुती स्विफ्टमा १.२ लिटर ड्युलअजेट, ड्युअल भीभीटी पेट्रोल इन्जिन हुनेछ । सो इन्जिन मारुती डिजायर फेसलिफ्टमा पनि दिएको थियो । हाल उपलब्ध मोडलको इन्जिन भन्दा नयाँ इन्जिन निकै पावरफुल र बढी माइलेज दिने हुनेछ ।

Share Page

0 Comments

Write a comment

menu
menu