नयाँ रेनो डस्टर भारतमा सार्वजनिक हुने भएको छ। रेनो इन्डियाले आफ्नो ट्वीटर ह्याण्डल मार्फत् नयाँ मोडल सार्वजनिक गर्न लागिएको जानकारी दिएको छ।
सार्वजनिक गरिएको तस्विरमा डस्टरको ग्रिल पहिलेको भन्दा फरक डिजाइनको छ। यसको हेडल्याम्पमा केही बदलाव गरिएको छ।
एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प दिइएको छ। फेसलिफ्टको फ्रन्ट बम्परमा पनि बदलाव गरिएको छ।
यसको रुपमा परिर्वतन ल्याउन नयाँ रुफ रेल्स, नयाँ डिजाइनको अलोए ह्विल, लगाएतको बदलाव गरिएको छ। फेसलिफ्टमा नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर्स हुनेछन्।
सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पिड वार्निङ, र एबिएस सबै भेरियन्टमा समावेस हुने कम्पनीले जानकारी दिएको छ। यसमा पनि १.५ लिटरको पेट्रोल इन्जिन दिइएको छ।
डस्टर एक्सआरएसमा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक रहेको छ र अलोय हृवीलसमेत रहेको छ । डस्टर एक्सआरएस भरपर्दो, विश्वाीलो पहुँचयोग्य पि्रमियम एसयूभी हो ।
यसमा उत्कृष्ट इन्जिनियरिङ, स्टाईल, सुरक्षा र सुलभ तथा आरामदायी सुविधाहरु समावेश गरिएका छन् । डस्टर एक्सआरएसले दम्दमर प्रदर्शन, ड्राइभ क्षमता र दक्षता प्रदर्शन गर्छ ।
फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री शुरु भएको थियो ।
हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ ।
PREVIOUS NEWS
NEXT NEWS