Home / Blogs / यामाहा रे जेडआर १२५ एफआई नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

यामाहा रे जेडआर १२५ एफआई नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

यामाहा नेपालले नयाँ रे जेडआर १२५ एफआई सार्वजनिक गरेको छ । सो स्कुटर भर्चुअल प्लेटर्फम मार्फत सार्वजनिक भएको हो । अल न्यू यामाहा रे जेडआर १२५ एफआइलाई कम्पनीले पहिलो पटक भर्चुअल कार्यक्रम मार्फत् सार्वजनिक गरेकाे हो । नयाँ रे जेडआर १२५ एफआईको सार्वजनिक यामाहा नेपालको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको पनि थियो । यसका साथै यामाहा नेपालको सोही समारोहमा सहभागी मध्ये एक जनाले नयाँ रे जेडआर १२५ एफआइका जितेका थिए ।


२०२० यामाहा रेजेड आर १२५ एफआई बीएस ६ मा कम्पनीले तुलनामा कस्मेटिक चेन्ज गरेको छ । यसले ७.५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ । साथै, यसको माइलेज पनि सबैभन्दा बढी ५८ किलोमिटर प्रतिलिटर रहेको छ । अन्य फिचरहरू पनि अघिल्लो रे जेडआरको भन्दा उत्कृष्ट बनाइएको छ । यसमा अंग्रेजी अक्षर ‘वाई’ आकारको एलइडी लाइट, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्टप एन्ड स्टार्ट सिस्टम, क्वाइट स्टार्ट–अपका लागि स्मार्ट मोटर जेनेरेटर, साइड स्ट्यान्ड इन्जिन कट–अफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टमजस्ता आधुनिक र सुविधाजनक फिचर रहेको कम्पनीले जनाएको छ ।


साथै, यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हल्का छ ।  यो नयाँ स्कुटर पनि यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनको छ । यसको मूल्य २ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । यामाहाले नेपालमा बीएस६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको छ । यसबाट यामाहा नेपाली अटोमोबाइल बजारमा निकै आक्रामक रुपमा प्रस्तुत हुन खोजेको देखिन्छ । यदि कसैले बेस्ट इन क्लास फिचर र पछिल्लो उत्सर्जन मापदण्डमा आधारिक सबैभन्दा राम्रो स्कुटर किन्न चाहनुह हुन्छ भने, नयाँ यामाहा रे जेडआर १२५ एफआई सबैभन्दा उत्तम विकल्प हुनेछ । 


Our latest comments