Home / Blogs / हुण्डाईको नयाँ क्रेटा–दि अल्टिमेट नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

हुण्डाईको नयाँ क्रेटा–दि अल्टिमेट नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालका लागि हुन्डाई मोर्टसको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटा सार्वजनिक गरेको छ। कम्पनीले नयाँ क्रेटालाई ‘दि अल्टिमेट एसयुभी’ नाम दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘नयाँ क्रेटा दी अल्टिमेट एसयूभि’को ६ वटा संस्करणमा बजारमा ल्याएको हो । कम्पनीले नयाँ क्रेटा भर्चुअल माध्यमबाट सोमबार सार्वजनिक गरेको थियो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ क्रेटामा आफ्नो दशैं-तिहार स्कीम अन्तर्गत केही रकम छुट पनि दिने भएको छ  ।


हुन्डाईले नयाँ क्रेटामा विभिन्न विशेषताहरु थप गरेर ल्याएको छ। नयाँ क्रेटा १.५ लिटर पेट्रोल र १.५ लिटर भिजिटी डिजेल इन्जिनमा उपलब्ध रहेको छ। नयाँ क्रेटामा ट्रान्समिसनको अप्सन ६ स्पिड रहेको छ जुन‚ सबै रेञ्जको गाडीहरुमा स्ट्यान्डर्ड रहनेछ। साथै अप्सनल १.५ लिटर डिजेल इन्जिनका लागि टर्क कन्भर्टर र १.५ पेट्रोल मोटरको लागि आइभिटी अटोमेटिक रहेको छ । नयाँ क्रेटामा अल-न्यू-टु टोनकालो र ग्रेज इन्टेरियर रहेको छ, जसमा २६.०३ सेन्टिमिटरको एचडी इन्फोटेन्टमेन्ट सिस्टम, लेडरले र्याप गरिएको स्टेरिङ्ग छ ।


सुरक्षाका लागि नयाँ क्रेटामा बलियो बडी संरचनासँगै एएचएसएसकाअन्य विभिन्न सुरक्षात्मक विशेषताहरु जस्तै: फ्रन्ट डुअल एयर ब्याग, ड्राइभर रेयर भ्यू मोनिटर, हिल स्टार्ट असिस्ट कन्ट्रोल, भेइकल स्ट्याविलिटी म्यानेज्मेन्ट, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल लगायतका फिचर्स रहेका छन् । साथै माउन्टेड कन्ट्रोल, १७.७८ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटो हेल्दी एयर प्यूरिफायर र स्मुथिङ ब्लु एम्बियन्ट लाइटिङ रहेको छ।


विभिन्न ६ भेरियन्टमा नेपाल आएको नयाँ क्रेटाको पेट्रोल भेरियन्ट इएक्स भेरियन्टको मूल्य ४८ लाख ९६ हजार, एस भेरियन्टको ५२ लाख ९६ हजार, एसएक्स भेरियन्टको ५९ लाख ९६ हजार र एसएक्स सिभिटी भेरियन्टको ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यसैगरि कम्पनीले डिजल इन्जिनमा दुई भेरियन्ट ल्याएको छ । जसको सुरुवाती भेरियन्ट इ को मूल्य ४३ लाख ९६ हजार र एस भेरियन्टको मूल्य ५४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।  नेपाली ग्राहकको लागी हुन्डाई सबैभन्दा बढी रुचाइएको गाडी हुन सफल भएको छ। हुन्डाईले सदैव आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय प्रिमियम उत्पादनहरुका साथै उत्कृष्ट सर्भिसको अनुभव प्रदान गर्दै आइरहेको छ ।


Our latest comments