Home / Blogs / २०२१ होन्डा एमेज नेपाली बजारमा सार्वजनिक; यस्तो छ सबै भेरियन्टको मूल्य
  • Latest Cars
  • 0

२०२१ होन्डा एमेज नेपाली बजारमा सार्वजनिक; यस्तो छ सबै भेरियन्टको मूल्य

Nepal Auto Trader

Share this News

image

 नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले अमेजको फेसलिफ्ट मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ होण्डा अमेज अद्भुत स्टाइल, पर्फमेन्स र उन्नत सुरक्षा र शानदार इन्टेरियरका साथ नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ अमेजमा आकर्षक बाहिरी बनोट पाउन सकिन्छ । सो कार एमएमसी अमेज नामबाट पनि चर्चित रहेको छ । नयाँ होण्डा अमेज पहिलेको मोडल भन्दा धेरै पावरफुल हुने पनि कम्पनीले जनाएको छ ।


नयाँ होण्डा अमेजमा १.२ लिटर आई-भिटीइसी पेट्रोल र १.५ लिटर आई-डिटीइसी डिजेल इन्जिन दिइएको छ । यसको पेट्रोल इन्जिनले अधिकतम ९० पीएस पावर र डिजेल इन्जिनले १०० पीएस पावर प्रदान गर्दछ । सो कारको दुबै भेरिएन्टमा ७ स्पिड सीभीटी गियरबक्स दिइएको छ । सो कारको लम्बाई ३९९५ एमएम, चौडाई १६९५ एमएम, उचाई १४९८ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र २४७० एमएमको ह्वीलवेस रहेको छ । सो कारमा ३५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले १८ किलोमिटर माइलेज दिनेछ ।   सो कारले सुरक्षाका लागि एनक्यापबाट ४ स्टार सेफ्टी रेटिङ समेत प्राप्त गरेको छ ।


नयाँ अमेजमा एड्भान्स एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट साथै नयाँ एड्भान्स फगल्याम्प दिइएको छ । यसैगरी यसमा दुई कलरमा दिइएको १५ इन्चको मल्टी स्पोक ह्वील रहेको छ । त्यसैगरी नयाँ एमेज २०२१ मा नयाँ रियर मल्टीभियू क्यामेरा,स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिल, क्रोम डोर ह्याण्डल, स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक जस्ता विभिन्न फिचर उपलब्ध छन् । यसमा ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम समावेश गरिएको छ जसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्दछ ।


होण्डा अमेज दुई भेरियन्टमा म्यानुयल र दुई भेरियन्टमा सिभीटी गियरबक्समा गरी नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ अमेज एस म्यानुयलको मूल्य ४० लाख २३ हजार र सिभीटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी अर्को भेरियन्ट भिएक्स म्यानुयलको मूल्य ४५ लाख ८७ हजार भिएक्स सिभीटीको ५० लाख २९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो कारले नेपालमा रेनो क्विड, हुन्डाई स्यान्ट्रो र टाटा टियागो जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments