Home / Blogs / परिमार्जित फोर्ड इकोस्पोर्ट अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

परिमार्जित फोर्ड इकोस्पोर्ट अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

केही दिन अगाडि मात्र न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टको फोटो अनलाइनमा लिक भएको थियो । फोर्डको सो एसयूभीेले हुन्डाई भेन्यु, मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र महिन्द्रा एक्सयूभी ३०० जस्ता कारहरुसँग प्रतिस्पर्धा गर्नेछ । २०२१ फोर्ड इकोस्पोर्ट पहिलो पटक ब्राजिलियन बजारमा सार्वजनिक गरिने छ । सो एसयूभी भारतमा २०२१ को अन्तमा वा २०२२ को सुरुमा लन्च हुने सम्भावना रहेको छ । त्यही हाराहारीमा नेपाली बजारमा पनि आउन सक्छ ।

२०२१ फोर्ड इकोस्पोर्ट हालको बी३ प्लेटफर्मको मोडिफाइड भर्सनमा डिजाइन गरिने छ । अपडेटेड भर्सन हाल उपलब्ध मोडल भन्दा बलियो हुने अपेक्षा गरेको छ । सो एसयूभीमा नयाँ डिजाइनको ग्रिल, नयाँ डिजाइन गरिएको हेडल्यामप, क्रोम बिट्स र एलईडी फगल्याम्प सहित नयाँ बम्परको फिचर रहेको छ । हाल उपलब्ध मोडलमा भन्दा नयाँ २०२१ फोर्ड इकोस्पोर्टको रुफ केही पछाडी ढल्किएको छ ।

अलोय ह्विल पनि अपडेट गरिएको छ । नयाँ इकोस्पोर्टमा पुन डिजाइन गरेको एलईडी टेलल्याम्प रहेको छ जसको बीचमा कालो लाइन राखिएको छ । पछाडिको बम्परको तल सिल्भर स्किड प्लेट रहेको छ । २०२१ फोर्ड इकोस्पोर्टको केही डायमेन्सनमा परिवर्तन गरेको छ । सो एसयूभी पुरानो मोडलभन्दा ठूलो क्याबिन र अलि ठूलो आकारको हुनेछ । नयाँ मोडलको कार्गाे क्षमता पनि बढाएको छ ।

न्यु जेनेरेसन फोर्ड इकोस्पोर्टमा ४ इन्चको इन्फोटेनमेनट सिस्टम, लेटेस्ट स्मार्टफोन कनेक्टेड र ठूलो टचस्क्रिनको साथमा उपलब्ध हुने सम्भावना रहेको छ । यसको साथै सो एसयूभीमा सुविधाजनक सामानहरु र सेफ्टी फिटमेन्ट हुने अनुमान गरिएको छ । ब्राजिलियन मोडलमा १.५ लिटर र ३ सिलिन्डर पेट्रोल हुने अनुमान गरिएको छ जसले १३५ बीएचपीको पावर जेनेरेट गर्छ ।

 

Our latest comments