Home / Blogs / ड्याटसन गो बीएस ६ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

ड्याटसन गो बीएस ६ नेपाली बजारमा छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

केही समय अघी देखी नेपाली बजारमा बीएस ६ मापदण्डयुक्त इन्जिन सहितका गाडीहरु भित्रिने क्रम जारी रहेको छ ।  सोही क्रममा ड्याटसन न्यु गो कार बीएस ६ भर्सनमा अब छिट्टै नेपालमा सार्वजनिक हुने भएको छ । ड्याटसनको लागि नेपालमा स्तिथ आधिकारिक वितरक पायोनियर मोटोकर्पले करिव दुई साता भित्रै सो कार नेपाली बजारमा औपचारिक रुपमा सार्वजनिक गरिने घोषणा गरेको छ । पायोनियर मोटो कर्पले डाटसेनका कारहरु हाल १३ वटा डिलरहरु मार्फत नेपाल भरी विक्री बितरण गर्दै आइरहेको छ । ड्याटसनको सो कार नेपाली बजारमा पहिले  बीएस ६ मापदण्डयुक्त इन्जिन सहितको गाडी हुनेछ  ।


नेपाली बजारमा उपलब्ध हुने बीएस ६ ड्याटसन न्यु गोको ए(ओ) ट्रिममा मात्र उपलब्ध हुनेछ ।  यो  मोडेलमा बिशेषगरी नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ्ग, एसीका साथ उपलब्ध हुनेछन । ड्याटसन न्यु गोमा १.२ लिटर पेट्रोल इन्जिन समावेश छ भने सो इन्जिनमा ५ स्पिड म्यानुअल र सीभीटी अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको हुनेछ । १.२ लिटरको सो इन्जिनले ६८ बीएचपीको पावर र १०४ एनएमको टर्क जेनेरेट गर्दछ । यो कार सिल्भर, ग्रे, रुवी, लाइम र व्हाईट रङमाउ उपलब्ध हुनेछ । सो कारमा आईएसएटी इन्जिन राखिएको छ जसले गर्दा ग्राहकहरुले बढी आरमदायी अनुभुति गर्न पाउनेछन ।


ड्याटसन न्यु गोमा  २,४५० एमएम लामो ह्विलबेसका साथै १८० एमएम ग्राउन्ड क्लियरेन्स छ । सो गाडीमा एन्ड्रोइड र एप्पल कारप्ले अटोका साथ ७ इन्चको टचस्क्रिन सिष्टम, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभीएम, हेडल्याम्पका साथ फलो मी फिचर, ठूलो डायनामिक फ्रन्ट ग्रिल, १४ इन्चको डायमन्ड कट अलोय ह्विल र अधिक सुविधा हुनेछन । सुरक्षाको लागि यस कारमा दुई एयरब्यागहरू, डायनामिक कन्ट्रोल, रिभर्स पार्किंग सेन्सर, एबीएसको साथ ईबीडी, इत्यादि छन् । नेपाली बजारमा सो गाडीको मूल्य २८ लाख ४९ हजार रुपैयाँ हुने अनुमान गरिएको छ । सो गाडी अब नेपाली बजारमा छिट्टै देख्न पाइनेछ । 


Our latest comments