Home / Blogs / नेपालमा आयो १ करोड ४२ लाखको बी ४ सेरी ओआरओ मोटरसाइकल
  • Latest Bikes
  • 0

नेपालमा आयो १ करोड ४२ लाखको बी ४ सेरी ओआरओ मोटरसाइकल

Nepal Auto Trader

Share this News

image

 नेपाली बजारमा एमबी अगस्टाले निकै शक्तिशाली मोटरसाइकलको बिक्री सुरु गरेको छ । कम्पनीले ल्याएको ‘बी४ सेरी ओआरओ’  (b4 Serie oro) मोटरसाइकल निकै शक्तिशाली रहेको छ । नेपालको लागि आधिकारीक वितरक भेलोसिटी प्रालिले यसलाई बजारमा ल्याएको हो । कम्पनीले नेपाली बजारमा यसको मूल्य १ करोड ४१ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको छ ।

यस मोटरसाइकलमा ९९८ सीसी क्षमताको फोर सिलिण्डर, लिक्विड र आयल कुल्ड, ४ स्टोक, १६ भल्व डिओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १३ हजार ६०० आरपीएममा २१२ बीएच पावर र ९३०० आरपीएममा ११५ एनएम टर्क प्रदान गर्छ । यो मोटरसाइकलको टप स्पीड क्षेमता ३०२ किलोमिटर प्रतिघण्टा रहेको छ ।

अत्याधिक स्पीडमा कुद्न सक्ने यो मोटरसाइकललाई सुरक्षीत बनाउन कम्पनीले यसको अगाडि ३२० एमएमको डबल फ्लोटिङ डिस्क ब्रेक दिएको छ भने पछाडिको चक्कामा २२० एमएमको सिंगल स्टील डिस्क ब्रेक प्रदान गरेको छ । यसमा कम्पनीले ‘बस्च’ कम्पनीको ९ प्लस एबीएस सिस्टम दिएको छ ।

कम्पनीले यसका दुबै चक्कामा १७ इन्चको कार्वन फाइबर टायर प्रयोग गरेको जनाएको छ । यात्रालाई आरामदायी बनाउन अगाडि इलेक्ट्रीकल्ली कन्ट्रोल कम्प्रेसन सहितको अपसाइड डाउन पर्क र पछाडि इलेक्ट्रीकल्ली कन्ट्रोल कम्प्रेसन सहितको प्रोग्रेसिभ सिंगल सक एब्जर्वर दिइएको छ । यो मोटरसाइकलको लम्बाई २०८६ एमएम, चौडाई १०३१ एमएम, उचाई ८४५ एमएम रहेको छ । यसमा १४३२ एमएमको ह्वील वेस दिइएको छ भने यसको ग्राउन्ड क्लियरेन्स १४१ एमएम रहेको छ । यसमा १९ लिटरको फ्यूल ट्याङ्की दिइएको छ ।


Our latest comments