नेपाली बजारमा मोटरहेडले एमएच १५० को अपग्रेड भर्सन सार्वजनिक गरेको छ । नेपालका लागि मोटरहेड मोटरबाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले एमएच १५० मा विशेष आकर्षण थप गरेर सार्वजनिक गरेको जनाएको छ । कम्पनीले एमएच १५० को इन्जिन र अन्य प्राविधिक कुराहरुमा समेत अपग्रेड गरेको जनाएको छ । सो बाइक नेपालको सबै भूभागको लागि उपयुक्त हनुको साथै यसमा फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप र पावर पाउन सकिन्छ ।
मोटरहेड एमएच १५० आर मोटरसाइकलमा अपग्रेडड १५० सीसीको सिंगल सिलिन्डर इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८००० आरपीएममा १४ बीएच पावर र ६५०० आरपीएममा १३ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च स्पोक ह्वील रहेको छ भने यसमा डबल डिस्क ब्रेक उपलब्ध छ । यसमा नयाँ डिजाइनको मफलर, ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर पाउन सकिन्छ ।
नयाँ एडिशन मोटरहेड एमएच १५० को लम्बाई २०८० एमएम, चौडाई ७८० एमएम, उचाई ११५० एमएम, ग्राउण्ड क्लियरेन्स ३२० एमएम र १३३० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ५.७ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १३७ केजी रहेको छ । सो बाइकले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड ९७ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । सो वाइकको सिट हाइट ८४० एमएम रहेको छ ।
मोटरहेड एमएच १५० मा नयाँ क्याची टाइपको ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड र इन्जिन, एलईडी टेल लाइट, डिजिटल इन्स्टयुमेन्ट प्यानल, यूएसबी चार्जर र नयाँ फ्यूल ट्याङ्क जस्ता आधुनिक फिचर पाउन सकिन्छ । सो बाइकमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । यस्तै यो बाइकमा सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता अन्य टप क्लास फिचरहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
मोटरहेड एमएच १५० को नेपाली बजार मूल्य ३ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ । सो बाइक दुई फरक आकर्षक रंगमा उपलब्ध रहेको छ । कम्पनीले मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने अफर रहेको जनाएको छ । देशका बिभिन्न १४ स्थानमा रहेका डिलर आउटलेट बाट सो कम्पनीले आफ्नो मोटरबाइकको बिक्री तथा बितरण गर्दै आएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।