सुजिकी डिजायरको फेसलिफ्ट भर्जन नेपालमा सार्वजनिक

सुजुकीका कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ ।

हियरटेक च्यासिस प्ल्याटर्फममा आधारिट भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको छ । पीयसको रोबष्ट च्यासिस डिजाइनका कारण कारमा यात्रा गर्नेका लागि भने अझ सुरक्षित भएको कम्पनीले बताएको छ

सुरक्षामा विशेष ध्यान दिई निर्माण गरिएको कारका सबै भ्यारियण्टमा डुअल एयरब्याग र एबीएसलाई स्ट्याण्डर्ड सुरक्षा फिचर्सका रुपमा उपलब्ध गरिएको छ ।

कारको बाहिरी सजावत पूर्ण रुपले परिमार्जन गरिएको छ । यसले गर्दा कारलाई आफ्नो श्रेणीकै सर्वाधिक स्टाइलिस लुक्स प्राप्त भएको छ । पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो रहेको छ ।

साथै, कारमा लामो हि्वल बेसको प्रयोग गरिएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ । कारको उपयोगितामा थप बढावा दिने सोचका साथ यसको बुट स्पेशपनिथप बढाएर ३ सय ७८ लिटर बनाइएको छ ।

कारमा पि्रमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधा पनि उपलब्ध गरिएका छन् ।

साथै,कारमा एण्ड्रोइड अटोमा आधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतियनिर्मित कारमै पहिलो) र ठूलो टच स्क्रीन प्रणालीमार्फत एप्पल कार प्लेको सुविधा पनि उपलब्ध गरिएको छ ।

कारलाई पूर्ण परीक्षण गरी सफलता हात पारिसकेको के १४ ईञ्जिनले शक्ति प्रदान गर्छ । के १२ ईञ्जिन विशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।




Share Page

0 Comments

Write a comment

menu
menu