Home / Blogs / सुजुकीको न्यु इग्निस फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

सुजुकीको न्यु इग्निस फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीको प्रिमियम सेल्स च्यानल सिजी/नेक्स्ट जेनले नेपाली बजारमा न्यू इग्निस फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । नयाँ इग्निस शानदार डिजाइन, फराकिलो ठाउँ, र जबरजस्त पछिल्लो भाग सहित बजारमा उपस्थित भएको छ । जबरजस्त डिजाइन, उच्च सिटिङ अवस्थिति, फ्रन्ट ग्रिल डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, स्पोइलर र रुफरेलले गर्दा निकै बल्की एसयूभीको अनुभव गर्न सकिने कम्पनिको दाबी छ ।


न्यु इग्निसमा बिएस६ कम्प्लायन्ट १.२ लिटर भिभिटी पेट्रोल इन्जिन दिइएको छ जसले ६ हजार आरपिएममा ८४ पिएस पावर र ४ हजार ४ सय आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । न्यू इग्निसमा १७.७८ सेन्टिमिटरको स्मार्टप्ले स्टुडियो पनि समाबेश गरिएको छ । अंग्रेजी अक्षर यू–आकारको आकृति र बम्परमा फैलिएको बोल्ड स्किड प्लेटसहितको फ्रन्ट ग्रिलले यसलाई झनै आकर्षक बनाएको छ । न्यू इग्निसको विशिष्ट डिजाइनलाई एसयूभी डिजाइनका तत्वहरु समावेश गरेर सशक्त बनाइएको कम्पनिको भनाइ छ ।




न्यू इग्निसमा एलइडी प्रोजेक्टर हेडल्याम्प प्रयोग गरिएको छ जसले गर्दा सो एसयूभीको भव्यतालाई अझ बढी प्रस्ट पारेको छ । नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था पनि गरिएको छ । नयाँ इग्निसको सबै भेरियन्टमा डुअल एअर ब्याग, प्रिटेन्सनर फोर्स लिमिटर सिट बेल्ड, चाइल्ड सिट रिस्ट्रेन्थ सिस्टम र इबीडीसहितको एबीएस रहेको छ । ५ सिट क्षमता भएको नयाँ इग्निसमा ३७ लिटरको फुल ट्याङ्क इन्धन क्षमता रहेको छ । 


नयाँ इग्निस विभिन्न ३ भेरिएन्ट सहित नेपाली बजारम उपलब्ध छ । इग्निसको मूल्य डेल्टाको ३१ लाख ४९ हजार, जेटाको ३४ लाख ४९ हजार र अल्फाको ३७ लाख ४९ हजार निर्धारण गरिएको छ । नयाँ इग्निसमा पर्याप्त स्पेस र उत्कृट सुरक्षा व्यवस्था रहेकाले नेपाली बजारमा सो गाडीको माग धेरै हुने कम्पनिको अनुमान रहेको छ । हार्टटेक्ट प्ल्याटफर्मको पाँचौ पुस्तामा तयार गरिएको नयाँ इग्निसमा फ्रन्टर अफसेट, साइड इम्प्याक्ट र पेडेस्ट्रिय रेगुलेसनमा आधारित छ ।

Our latest comments