Home / Blogs / चाडपर्वकै बेला गाडीको आयात घट्यो
  • Auto News and Updates
  • 0

चाडपर्वकै बेला गाडीको आयात घट्यो

Nepal Auto Trader

Share this News

image

चाडपर्वको समयमा गाडीको आयात बढ्नुपर्नेमा झनै घटेको छ। भर्खरै सकिएको महान चाड दशै‌‌/ तिहारमा समेत गाडीको आयात बढेन।

गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनमा यो तीन महिनामा सवारी साधनको आयात २ अर्वले घटेको हाे।

सवारी साधनको आयात गत वर्षको पहिलो ३ महिनाको तुलनामा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा २ अर्व १३ करोड ६८ लाख १४ हजारले गिरावट आएकाे छ।

यो अवधिमा गत आर्थिक वर्षमा २९ अर्व ४८ करोड ५६ लाख ५२ हजारको सवारी साधन आयात भएको थियो।

तर, यो वर्ष २७ अर्व ३४ करोड ८८ लाख ३७ हजार २ सय ७० को मात्र सवारी साधन आयात भएको छ।

सवारी साधन खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु परेका कारण सवारी साधनको आयात घटेको नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका सचिव अनुपकुमार बरालले जानकारी दिए।

‘पहिले २० प्रतिशत मात्र डाउन पेमेन्ट गरे हुन्थ्यो, पछि बढाएर ३५ प्रतिशत बनाइयो। अहिले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ,’ उनले भने ‘डाउन पेमेन्ट चर्को भएको कारण गाडी किन्न खोज्नेले पुरानो गाडी किन्न थाले, कसैले गाडी किन्ने योजना नै स्थगित गरे।’

बैंकको चर्को ब्याजदरको कारण पनि गाडी व्यापार घटेको बरालको अनुमान छ।

‘केही सरकारी बैकको ब्याजदर ९ देखि साढे ९ प्रतिशत छ, तर सरकारी बैंकबाट ऋण लिनै झन्झटिलो छ। त्यस्तै, प्राइभेट बैंकहरुको न्यूनतम ब्याजदर नै ११ प्रतिशत छ,’बरालले सेतोपाटीसगँ भने।  हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ 


Our latest comments