बजाज मोटरसाइकल नेपालको सबैभन्दा बढी बिक्री हुने
मोटरसाइकलमा पर्दछ । बजाज को यो मोटरसाइकल अहिले नेपालको बाटोमा प्रसस्त रुपमा देखन पाईन्छ ।
बजाज मोटरसाइकलको नेपालको लागि
आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर १५० ट्वीन डिस्कलाई नेपाली
बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न तीन कलर
भेरिएन्टमा बजारमा उपलब्ध
रहेको छ ।
बजाजको पल्सर १५० ट्वीन डिस्कलाई तीन कलर भेरिएन्टमा ल्याईएको छ । जसमा कालो निलो, कालो रातो तथा ब्ल्याक क्रोम हुन् । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ । नयाँ बजाज पल्सर १५० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषित गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।
बजाज का अन्य मोटरसाइकलहरु बिक्री पहिले देखी नै राम्रो छ । यो १५० ले नि राम्रो ब्यापार गरिरहेको छ नेपालमा । एचएच बजाजका अनुसार युवा पुस्ता लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट राखिएको छ भने स्प्लीट ग्रेव रेल, आल्मुनियम फिनिस फूटपेज राखिएको छ । स्वीङआर्म पहिलेको भन्दा थोरै मोटो दिइएको छ भने यसको ह्वील बेस समेत बढाइएको छ । यसमा दिइएको पछाडिको टायर मोटो रहेको छ । १२९ एमएमको रियर टायर दिइएको छ । बाइकमा मस्कुलर लूक दिइएको छ ।
पल्सर १५० ट्वीन डिस्कमा १४९.५ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८००० आरपीएममा १४ बीएचपी पावर र ६००० आरपीएममा १३.४ एनएम टर्क उत्पादन गर्छ । यसमा १५ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ । ५ गिएरमा उपलब्ध रहेको छ । पल्सर १५० ट्वीन डिस्कमा अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १५० ट्वीन डिस्कको मूल्य दुई लाख ५५ हजार ९०० रुपैयाँ तोकिएको छ ।
PREVIOUS NEWS