नेपाली बजारमा सार्वजनिक हुँदै केटीएम ड्यूक १२५

अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नाडा अटो शोमा ड्यूक १२५ सार्वजनिक गरेको थियो। कम्पनीले अब केही दिनमै  यो मोटरसाइकलको बिक्री वितरण तथा प्रदर्शनी गर्ने जनाएको  छ। नेपाली बजारमा यो बाइकको मूल्य करिब ४ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । 

ड्यूक–१२५ मा कम्पनीको अत्याधिक रुचाईएको मोडल डूक–३९० र डूक २०० मा प्रयोग भएका अधिकांश फिचरहरु उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक–१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको उचाई ८१८ मिलिमिटर रहेको छ भने, मोटरसाइकलको कुल तौल १४८ किलोग्राम रहेको छ ।

केटीएम ड्युक १२५ लाई यो सेग्मेन्ट अन्तर्गत सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० आरपीएममा १४.५ बीएच पावरका साथै ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

यो मोटरसाइकलमा एबिएसको विशेषता उपलब्ध छ । यो बिशेषता उपलब्ध केटीएम ड्यूक १२५ सुरक्षित मोटरसाइकल रुपमा लिइन्छ । ड्यूक १२५ यो एबीएस विशेषता समेटिएको पहिलो मोटरसाइकल हो । साथै, यस मोटरसाइकलमा टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर जस्ता फिचर ड्यूक–१२५ मा उपलब्ध छ । यो मोटरसाइकलको सीटको हाइट ८१८ एमएम रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । यो मोटरसाइकलको टपस्पिड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ । 

कम्पनीले केटीएमको विशिष्ट क्लासमा इन्ट्री लेवलको मोडल प्रस्तुत गर्ने लक्ष्यका साथ केटीएम ड्युक–१२५ बजारमा ल्याउन लागेको बताएको छ । यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडिले निक्कै अग्रेशिप लुक दिएको छ ।


Share Page

2 Comments

  1. 1 week ago buy ed pills

    buy ed pills http://www.cialij.com/

  2. 6 hours ago order viagra

    order viagra https://10mgxviagra.com/

Write a comment

menu
menu