Home / Blogs / केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

केटीएम ३९० एड्भेन्चर नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा केटीएम ३९० एड्भेन्चर बाइक सार्वजनिक भएको छ । नेपालभरिका केटीएम सोरुमहरुमा ९ लाख ९९ हजार ९ सय रुपैयाँ मूल्यका साथ केही दिन पहिले बुकिङ प्रारम्भ गरिएको सो बाइकको बिक्री केही दिन अघी देखि सुरु गरिएको छ । गएका वर्षहरुमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङमा मानिसहरुको चासो बढिरहेको र यही बद्लिंदो ट्रेण्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि ३९० एड्भेन्चर बनाइएको कम्पनीको भनाइ छ । नेपाली बजारमा एड्भेन्चर बाइकिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले शानदार आगमन गरेको छ ।


केटीएम ३९० एड्भेन्चर डकार विजयी केटीएम ४५० -यालीबाट प्रेरित छ । केटीएमको उच्च इतिहासबाट प्रभावित -याली रेसिङगमा चेसिस, प्रोफाइलिङ र अन्य विशेषता जस्तै कि ठूलो इन्धन ट्यांक, एर्गोनोमिक्स र कुनै पनि सतहमा स्थिरता दिन, सुरक्षित र सजिलो सवारी सुनिश्चित गर्न विन्ड प्रोटेक्सनको व्यवस्था छ । यसमा सुपर बाइकहरुमा हुने फिचरहरु जस्तै, ट्राक्याक्सन कन्ट्रोल, कर्नेरिङ एबीएस, क्वीकशिफ्टर रहेको छ । साथै, टर्न-बाइ-टर्न न्याभिगेशनको लागि स्मार्टफोन कनेक्टीभिटी र फूल-कलर टीएफटी डिस्प्लेको प्रयोगले यसलाई प्रिमियम बनाएको छ । त्यस्तै यसमा २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, लङ्ग व्हीलवेस, विस्तारित विन्डसिल्ड र इन्जिनको लागि सुरक्षित बेस प्लेट छ ।


यस मोटरसाइकलमा ३७३ सीसी अत्याधुनिक डिओएचसी सिंगल सिलिन्डर, इएफआई इन्जिन रहेको छ । यसमा रहेको राइड बाई वायर जस्ता ईलेक्ट्रोनिक्सले ४३ बीएच पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । केटीएम ३९० मा केटीएम ३९० ड्युकमा प्रयोग भएको इन्जिन छ, जुन अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर हेड प्रविधि अर्थात केटीएमको हाई–पर्फमेन्स रेस मोडलहरुबाट लिइएको हो । केटीएम ३९० एड्भेन्चर विशेष गरी त्यस्ता राइडरहरु प्रति लक्षित छ, जो जस्तो सुकै उबड–खाबड तथा साँगुरो बाटो, अफरोड, ग्राभल, पानी क्रस गर्नुपर्ने बाटो वा बालुवा हुँदै छोटो र लामो दुरीको यात्रा गर्न चाहन्छन् ।


३९० एड्भेञ्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ । यो मोटरसाइकलले नेपाली बजारमा बिएमडब्ल्यू जि ३१० जिएससँग प्रतिस्पर्धा गर्नेछ । बीएमडब्ल्यू जि ३१० जीएसको मूल्य १० लाख ९० हजारबाट सुरु हुन्छ ।








Our latest comments