Home / Blogs / केटीएम डुक २५० एड्भेन्चर नेपाल आउँदै
  • Upcoming Bikes
  • 0

केटीएम डुक २५० एड्भेन्चर नेपाल आउँदै

Nepal Auto Trader

Share this News

image


केटीएमले डुक २५० एड्भेन्चर सार्वजनिक गर्ने भएको छ । केटीएमले निर्माण गर्ने डुक एड्भेन्चर २५० केटीएम डुक ३९० एड्भेन्चरबाट नै प्रभावित रहेको छ । यसमा धेरै समानता रहने कम्पनीले बताएको छ ।

नेपाली बजारमा वहुप्रतिक्षित डुक एड्भेन्चर हालसम्म पनि सार्वजनिक भए पश्चात् ग्राहकहरु निराश भइरहेको बेला केटीएमले डुक २५० एड्भेन्चर सार्वजनिक गर्ने घोषणा गरेको छ । केटीएम डुक २५० एड्भेन्चरले रोयल इनफिल्ड हिमालयनसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

डुक २५० एड्भेन्चरमा हाल डुक २५० मा रहेको इन्जिन रहेको छ जसले । यसमा २४८.८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । जसले ९ हजार आरपीएममा ३० बीएच पावर तथा ७ हजार ५ सय आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च अफरोड ह्वील रहेको छ । यसमा एड्भेन्चर ३९० मा रहेको कलरफूल इन्स्टुमेन्ट कन्सोल भने नदिने कम्पनीले जनाएको छ । डुक २५० एड्भेन्चरमा स्लीपर कल्च, एलइडी हेडल्याम्प, डबल च्यानल एबीएस जस्ता फिचर रहने छन् ।

केटीएमले २०२० को सुरुवातमा डुक एड्भेन्चर सार्वजनिक गर्ने अनुमान गरिएको छ भने, डुक २५० एड्भेन्चर भने २०२१ सम्ममा सार्वजनिक गर्ने छ । यसको मूल्य रोयल इनफिल्ड हिमालयनभन्दा कम हुने अनुमान रहेको छ । 

स्पोर्ट बाइकको रूपमा परिचय बनाएको नयाँ आरसी ३९०, आरसी २००, ३९० डुक, २५० डुक र २०० डुकको मूल्य क्रमश: ६ लाख ९० हजार, पाँच लाख ३० हजार, ६ लाख ९९ हजार, पाँच लाख ३४ हजार र चार लाख ४४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ

युरोपको नम्बर १ मोटरसाइकल ब्रान्ड केटीएमले मोटर स्पोर्ट्सको दुनियामा दुई सय ७० भन्दा बढी प्रतियोगितामा जित हासिल गरी नयाँ किर्तिमान कायम गरेको छ । साथै यो मोटरसाइकल सन् २०१२ मा पहिलो पटक नेपाल भित्रिएपश्चात सबैभन्दा धेरै बिक्री हुने प्रिमियम नेकेड मोटरसाइकलको रूपमा स्थापना भइसकेको कम्पनीले जनाएको छ ।

Our latest comments