Home / Blogs / कियाको सेल्टोस अब नेपाली बजारमा
  • Latest Cars
  • 0

कियाको सेल्टोस अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

कियाको मिड–एसयुभी ‘सेल्टोस’ नेपाल भित्रिएको छ। कियाको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीले शुक्रबार सेल्टोस सार्वजनिक गरेको हो।  कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो । 

कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरे बताए। भारत-६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।

सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डि–कट स्टेरिक, युभी ग्लास जस्ता विशेषता छन्। यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता नभएको कम्पनीको दावी छ। नेपाली बजारमा एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस गरी ४ भेरियन्टमा उपलब्ध सेल्टोसको मूल्य कम्पनीले ४९ लाख ९० हजारदेखि ८० लाखसम्म निर्धारण गरेको छ।

सेल्टोस भारतमा गत अगस्टबाट यसको विक्री सुरु भएको थियो। भारतमा बजार प्रवेश गरेको १० दिनमै उक्त महिना सवार्धिक विक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो। नेपाली बजारमा सेल्टोसले हुन्डाइको क्रेटानिसानको किक्सजिप कम्पास १.४ सगँ प्रतिश्पर्धा गर्नेछ। कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।

Our latest comments