Home / Blogs / इलेक्ट्रिक भर्सनको किया सेल्टोस अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Cars
  • 0

इलेक्ट्रिक भर्सनको किया सेल्टोस अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

संसारमै लोकप्रियता हासिल गरेको कियाको एसयूभी सेल्टोस अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ । कियाले सेल्टोस ईभी बजारमा ल्याउने तयारी गरिरहेको छ । मिडिया रिपोर्ट अनुसार सो सब–कम्प्याक्ट एसयूभीलाई कम्पनीले सबैभन्दा पहिले चीनमा सार्वजनिक गर्नेछ । त्यसपछि एसियाका अन्य बजारमा सार्वजनिक हुनेछ । चीनमा सो कार यो वर्षको दोस्रो चौमासिकमा लन्च हुने सम्भावना छ ।

किया सेल्टोस ईभीमा ६४ किलोवाट आवरको ब्याट्री हुनेछ । यसको इलेक्ट्रिक मोटरले २०४ बीएचपी पावर जेनेरेट गर्छ । फुल चार्जमा यसले ४ सय किलोमिटर रेन्ज दिने बताइएको छ । भारतमा लन्च भएको ८ महिनाको अवधिमा कियाले ८० हजार भन्दा बढी सेल्टोस एसयूभी बिक्री भएको छ । गत वर्षको अगस्तमा भारतमा लन्च भएको किया सेल्टोस हाल सम्म ८१ हजार ७८४ युनिट बिक्री भएको बताइएको छ ।

यो बीएस–६ इन्जिन जडित ग्लोबल मोडल हो । यसले विश्वभरका मिड–एसयूभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । नेपालमा पनि किया सेल्टोस उपलब्ध छ । यसको मूल्य ४९ लाख ९० हजार देखि ८० लाख रुपैयाँ सम्म छ ।

एचटीके, एचटीके प्लस, एचटीएक्स र एचटीएक्स प्लस गरी चार भेरिएन्टमा यो कार नेपाली बजारमा उपलब्ध छ । यो १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । सेल्टोसमा १० इन्च स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र ब्याक एलईडी लाइट, एयर प्युरिफायर, डी–कट स्टेयरिङ, यूभी ग्लास जस्ता विशेषता छन् । यी विशेषता यही सेगमेन्टका अन्य ब्रान्डमा छैनन् ।

Our latest comments