Home / Blogs / कासाका २५० डर्ट बाइक नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

कासाका २५० डर्ट बाइक नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

 नेपाली बजारमा चाइनिज ब्रान्डको नयाँ बाइक कासाका २५० सार्वजनिक भएको  छ । नेपाली बजारका लागि स्टाइल ट्रेड लाइन कम्पनीले सो बाइक भित्र्याएको जानकारी प्राप्त भएको छ  ।  यी कम्पनीहरुले बिक्री गर्दै आएका सबै मोडलमा भने मूल्य बढाएका छैनन् । बजारमा धेरै बिक्री हुने र कडा प्रतिस्पर्धा रहेका मोडलहरुको मूल्य भने बढाएका छन् ।

कासाका २५० मा सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयरकुल्ड २२३ सीसीको इन्जिन छ । यसको बोर स्ट्रोक ६६.५, ६६.२, कम्प्रेसन रेसियो ९.२ः१, इग्निसन पद्धति सीडीआई. तथा स्टार्टिङ मोड इलेक्ट्रिक र किक छ । बाइकको इन्जिनमा फाइभ स्पिड ट्रान्समिसन छ । यसको अधिकतम शक्ति ७५०० आरपीएममा १२ किलोवाट र टर्क ६५०० आरपीएममा १६ एनएम छ ।

सो बाइकको लम्बाई २१२० एमएम, चौडाई ८४० एमएम र उचाई ११२० एमएम छ । बाइकको ग्राउण्ड क्लियरेन्स २०० एमएम छ भने ह्विल बेस १३६५ एमएम छ । यसको सिटको उचाई ८७० एमएम रहेको छ । यसैगरी बाइकको तौल १२६ केजी र अधिकतम लोडिङ क्षमता १५० केजी रहेको छ । यसमा साढे १० लिटरको इन्धन ट्यांकी छ । पफर्मेन्सका आधारमा यो बाइकको अधिकतम गति १०५ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले बताएको छ ।

सो बाइक हरियो अनि कालो रङमा उपलब्ध छ । नेपालमा कासाका २५० को मूल्य ४ लाख १५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले यो बाहेक कासाका २०० बाइक समेत बिक्रीका लागि उपलब्ध गराएको छ । बढी पावर र आकर्षक लुक्सको कारण २५०  सीसी सेग्मेन्टका मोटरसाइकल अहिले आएर धेरै बिक्री हुने गरेका छन  ।

Our latest comments