Home / Blogs / जीप कम्पास फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक
  • Upcoming Cars
  • 0

जीप कम्पास फेसलिफ्ट नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ कम्पासको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । जीप कम्पास एक भच्र्युअल कार्यक्रमको माध्यमबाट सार्वजनिक गरिएको थियो ।  उक्त कार्यक्रम जीप नेपालको फेसबुक र इन्स्टाग्राम पेजबाट लाइभ ब्रोडकास्ट गरिएको थियो । नयाँ कम्पासमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरिएको छ ।  नयाँ जीप कम्पास एसयूभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरिएन्टमा उपलब्ध छ । 


नयाँ कम्पास दुई वटा पावरट्रेनमा उपलब्ध छ जुन रहेको छ १.४ लिटरको मल्टिएअर टर्बो इन्जिन जसले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्दछ । यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध छ । त्यसैगरी आर्को २.० लिटर मल्टिजेट टु इन्जिनमा उपलब्ध छ जसले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्दछ । यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।  फोर ह्विल ड्राइभ डिजेल भेरिएन्टमा उपलब्ध कम्पासमा अटो, स्नो, स्यान्ड र मड गरी चार वटा मोड छन ।


नयाँ कम्पासमा इन्टिग्रेटेड डिआरएलसहितको रिभाइज्ड हेडलाइट, नयाँ फगलाइट हाउजिङ, ठूलो एयरड्याम भएको नयाँ डिजाइनको फ्रन्ट बम्पर र नयाँ एलोइ ह्विल जस्ता बिशेषता राहेका छन् । यसैगरी नयाँ कम्पासमा रिभेम्प गरिएको ड्यासबोर्ड, नयाँ एसी भेन्ट, एचभीएसी कन्ट्रोलनयाँ कम्पासको र बीचमा नयाँ १०.१ इन्चको टचस्क्रिन रहेको छ भने यसमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, डबल–स्टिच लेदर इन्सर्ट र नयाँ थ्रि स्पोट स्टेरिङ ह्वील रहेको छ । 


नयाँ कम्पासमा युकनेक्ट इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो समेत रहको छ । यसैगरी यसमा ड्यूल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर टेलगेट, ३६० डिग्री क्यामेरा, भेन्टिलेसन फिचर सहितको ८ वे इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट रहेको छ । सुरक्षाका लागि नयाँ कम्पासमा फ्रेक्वेन्सी ड्याम्पिन सस्पेन्सन, ६ एयरब्याग, एन्टिरोल मिटिगेसन, ट्रयाक्सन कन्ट्रोल, इएससी, हिल स्टार्ट असिस्ट, इबीडीसहितको एबीएस, रेन ब्रेक असिस्ट, पार्किङ सेन्स र आइसोफिक्स चाइल्ड सिड माउन्ट जस्ता सुरक्षा फिचर रहेका छन् ।


 नयाँ एसयुभी स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस गरी चार ट्रिम र आठ भेरियन्टमा नेपाली बजारमा उपलब्ध छ । नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजारसम्म तोकिएको छ ।


Our latest comments