Home / Blogs / जावा पेराक मोटरसाइकल सन् २०२० मा नेपालमा सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

जावा पेराक मोटरसाइकल सन् २०२० मा नेपालमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा प्रबेश गर्ने तयारी भइरहेको जावाले भारतीय बजारमा आफ्नो तेस्रो मोडल सार्वजनिक गरेको धेरै समय भएको छैन ।  जावा पेराक एक बबर र कस्टम स्टाइल बाइक हो । । यो भन्दा पहिले लन्च भएका जावा र जावा फोर्टी टु बाइक भारतमा राम्रो बिक्री भइरहेको कम्पनीले जानकारी दिएको छ । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । 

नयाँ पेराक बाइकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ३० बीएचपीको पावर र ३१ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ भने सुरक्षाको लािग ड्युअल च्यानल एबीएस दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार रहेका छन् ।

जावा पेराकलाई कम्पनीले म्याट व्ल्याक कलरको साथ फिउल ट्याङकमा गोल्ड हाइलाइट्स सहित ल्याउने छ । सिंगल बबर स्टाइल सिट यसको मुख्य आर्कषण हो । कम्पनीले यसमा पुरानै इन्जिन दिएको भएपनि यसको पावर भने केही बढी रहेको छ । यद्यपी कम संख्यामा उत्पादनको कारण जावा किन्न चाहनेले करिब ४ देखि ६ महिना कुर्नु पर्ने अवस्था रहेको छ । 

कम्पनीले भारतमा यसको मूल्य १ लाख ९४ हजार भारु तोकिएको छ । यसको बुकिङ आगामी जनवरी १ देखि शुरु हुनेछ । जावाका उत्पादन २०२० को मध्यसम्ममा नेपाली बजारमा बिक्री सुरु हुने महिन्द्रा स्रोतले जानकारी दिएको छ । 


 

Our latest comments