Home / Blogs / जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउँदै
  • Upcoming Cars
  • 0

जगदम्बा मोटर्सले प्रोटोन गाडी ल्याउँदै

Nepal Auto Trader

Share this News

image

मेलेसियन गाडी ब्राण्ड प्रोटोनको नेपालमा पुनरावलोकन हुने भएको छ। जगदम्बा मोटर्सले प्रोटोनलाई नेपाली बजारमा पुनरावलोकन गराउन लागेको हो।

यस अघि ६६ सालमा नेपालमा पहिलो पटक कन्स्ट्यान्ट बिजनेस ग्रुपले नेपालमा प्रोटोन भित्र्याएको थियो। पछि विभिन्न कारणबस कन्स्ट्यान्ट बिजनेस ग्रुपले प्रोटोन बेच्न छोड्यो।

प्रोटोन ब्राण्ड जगदम्बा ग्रुपले नेपालमा ल्याउने निश्चित भएपनि लन्च गर्ने समय र गाडीको मोडल निश्चित भइनसकेको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले जानकारी दिए।

कुन मोडलको ल्याउने निश्चित भैसकेको त छैन। तर जनावरी/फ्रेब्रुअरी तिर लन्च गर्ने योजना छ’, अग्रवालले भने।

हाल जगदम्बा मोटर्सले दुइपाग्रें सवारी साधनमा टिभिएसको मोटर र स्कुटर, तीन पांग्रेमा अटो रिक्सा र हेभि इक्युप्मेन्ट बिक्री–वितरण गरिरहेको छ।

प्रोटोन मलेसियामा १९८३ मा स्थापना भएको थियो। हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ 


Our latest comments