Home / Blogs / ४७ लाख पर्ने डुकाटी बाइक नेपाली बजारमा ।

४७ लाख पर्ने डुकाटी बाइक नेपाली बजारमा ।

Nepal Auto Trader

Share this News

image

४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानीगेल भि फोर बाइक नेपाली बजारमा भित्रिएको छ। डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले यो बाइकको बिक्री थालेको हो। भारतमा नअाउँदै नेपालमा बिक्री सुरु भएको कम्पनीले जनाएको छ । मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको बाइकमा छ वटा गियर छ।

११ सय सीसीको इटालियन वाइकको शुक्रबार युवा उद्यमी राजेशवीर तुलाधरले बिक्री शुभारम्भ गरे। उनी डुकाटी वाइक प्रयोगकर्ता समेत हुन्। यसमा कर्नर स्टाबिलिटी कन्ट्रोल, इलेक्टि्रक स्टाबिलिटी (ईसीएस), हिल होल्ड र डिसेन्ट कन्ट्रोल, पेरेमेटिक आल्राम, रोल ओभर मिटिगेशन, ट्र्याक्सन कन्ट्रेल सिस्टम लगायतमा सेफ्टी फिचर्स छन् ।

१६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो छ। कर्भ वेट एक सय ९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च रहेको छ। शक्तिशाली इन्जिन रहेको एस  इटालियन वाइकको डिजाइन स्टायलिस माात्रै छैन, उत्कृष्ट र वैज्ञानिक तवरको बनोटले सुरक्षाका मामिलामा पनि अब्बल छ ।

वाइकमा दुई सय १४ हर्ष पावर र १३ हजार आरपिएम छ भने १२४.० एनएम (न्युटन मिटर) र एक हजार आरपिएमकोको टर्क छ। बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लज थिच्न नपर्ने हुनाले हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनाएको छ । अत्याधुनिक फिचरहरु समावेश रहेको यो बाइकलाई नयाँ जमानाको स्टाइलिस बाइकका रुपमा अघि सारिएको छ । 

विशेष प्रकारले डिजाइन गरिएको यसको फ्यूल ट्याङ्की तथा पूर्ण डिजिटल डिस्प्लेले सवारीलाई थप रोमाञ्चक बनाउँछ । यसमा प्रयोग भएको रेमोरा रेसीङ टायरले चढ्ने मानिसको शरीर नझुकीकनै सजिलैसँग बाटोको मजबुत पकड लिन सहायता गर्छ । कम्पनीको ब्राण्ड भ्यालु बढाउन तथा यस उत्पादनलाई ‘प्रिमियम प्रडक्ट’का रुपमा स्थापीत गराउने उद्देश्यले कम्पनीले यो योजना अघि सारेको हो ।

  • tags

Our latest comments