नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘विन्टर डिलाइट योजना ल्याएको छ। यस योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्नेछन्।
योजना अन्तर्गत हरेक हुन्डाई गाडी खरिदमा ग्राहकले एक सुनिश्चित बचतको प्याकेज पाउने कम्पनीको भनाइ छ।
एक वर्षसम्मको विमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मूल्याङनको सुबिधा र एक वर्षसम्मको निःशुल्क सडक कर समेत प्राप्त गर्न सक्नेछन्। साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने।
चिसो मौसममा पनि यस ‘हुन्डाई विनर डिलाइट’ योजनाले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ ।हुन्डाईका १६ सोरुम नेपालको प्रमुख सहरमा रहेकामाा ३ वटा काठमाडौंमा रहेको विज्ञप्तिमा उल्लेख छ।
PREVIOUS NEWS