भारतमा हुन्डाईको नयाँ गाडी ‘भेन्यू’ सार्वजनिक भएको धेरै भएको छैन। नयाँ दिल्लीमा एक भब्य कार्यक्रमकाबीच कार्यक्रमबीच हुन्डाईले ‘भेन्यू’ लाई सार्वजनिक गरेको हो। हुन्डाईले भेन्यूको मूल्य अपेक्षा गरिएभन्दा निक्कै सस्तो भएको प्रतिक्रिया आएको छ। नेपालमा पनि हुन्डाईको भेन्यू २०१९ भित्र आउने जानकारी प्राप्त भएको छ।
हुन्डाई भेन्यू ३ इन्जिन अप्सनमा उपलब्ध गराइएको छ । १.४ लिटर फोर सिलिन्डर डिजेल इन्जिन जसले ९० एचपी पावर र २२० एनएम टर्क दिन्छ । यसमा ६ स्पीड गियरबक्स रहेको छ । १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन जसले ८३ एचपी पावर र ११५ एनएम टर्क दिन्छ ।
१.० लिटर ३ सिलिन्टर टर्बो चार्जड पेट्रोल इन्जिन अप्सनमा पनि उपलब्ध गराइएको छ । यसले १२० एचपी पावर र १७२ एनएम टर्क उत्सर्जन गर्छ । यो अप्सनमा ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।
भेन्यूमा ८ इन्च टचस्क्रिनसहित गजबको ड्यासबोर्ड समेत छ । कारको क्याविन आरामदायी देखिन्छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ ।
हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेको कम्पनी बताउँछ ।
भेन्यूमा कोना तथा नयाँ सान्टाफेमा जस्तै एलइडी डीएलआर सहित स्प्लीट हेडल्याम्प, आकर्षक फ्रन्ट गि्रल छ । एलइडी टेललाइट, डाइमन्ड-कट अलोय हृवील भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ भने, हृवीलबेस २५०० एमएम रहेको छ ।
भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड छ भने कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने कम्पजीको दावी छ ।
हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता पनि छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् ।
PREVIOUS NEWS