Home / Blogs / हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

हुन्डाईको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।

३ ओटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूको मूल्य कम्पनीले ३४ लाख ९६ हजार देखि ५३ लाख ५६ हजारसम्म निर्धारण गरेको छ।

भेन्यू तीन इन्जिन अप्सनमा आउने भएको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ । 

भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ  । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

यसमा स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोम युक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल समावेस गरिएको छ। यसको आर १६ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले अझ आकर्षक बनाएको छ।

३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई  र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ । भेन्यूमा जडित कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्ट सहितको लेड लाइटले आकर्षक बनाएको कम्पनीको दाबी छ।

यसमा जडित वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसि भेन्टले यात्रालाई अधिक रोमान्चक बनाउने कम्पनीको दाबी छ।

हुन्डाईका चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडि आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरेको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।







Our latest comments