Home / Blogs / हुन्डाई भेन्यु आईएमटी र १.२ एसप्लस नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

हुन्डाई भेन्यु आईएमटी र १.२ एसप्लस नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालको लागि हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ ।  कम्पनीले यसअघि नेपालमा विक्री गर्दै आएको भेन्यूमा एस प्लस र आईएमटी गरी २ भेरियन्ट थप गरेको जानकारी दिएको छ । हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस बिभिन्न दुई इन्जिन अप्सनमा उपलब्ध हुने छन् ।  हुन्डाई भेन्यु आईएमटीको नेपाली बजार मूल्य ४४ लाख ९६ हजार र १.२ एसप्लसको मूल्य ४४ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।


कम्पनीले ल्याएको नयाँ भेरियन्ट एस प्लसमा १.२ लिटर नेचुरल एस्पायर्ड इन्जिन दिइएको छ जसले अधिकतम ८३ हर्स पावर र ११५ एनएम टर्क प्रदान गर्ने छ ।  त्यस्तै आईएमटीमा भने अर्को १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भीटीभीटी टेक्नोलोजी दिइएको छ जसले ६००० आरपीएममा १२० पीएस पावर प्रदान गर्ने छ । दुबै गाडीमा ११९७ सीसी क्षमताको इन्जिन सहित ५ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ । दुबै गाडी स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल , रियर मिरर, इलेक्ट्रिक सनरुफ, आकर्षक फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सजिएको छ ।


हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लस निकै फिचरले भरीपूर्ण छन । कम्पनीले सो गाडीमा १५ इन्चको डायमण्ड कट अलोय ह्वील, प्रजेक्सन फगल्याम्प, एलइडी डेडाइम रनिङ लाइटको र कर्नरिङ लाइट सहितको प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रीकल्ली एड्जस्टेवल र टर्न इन्डिकेटरको साथ फोल्डेवल आउटसाइट मिरर जस्ता फिचर दिएको छ । हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लसमा वायरलेस फोन चार्जर पनि समाबेश गरिएको छ ।


हुन्डाई भेन्यु आईएमटी र हुन्डाई भेन्यु १.२ एसप्लसमा डाइनामिक गाइडलाइन सहितको रियर क्यामेरा, डिजिटल डिस्प्ले सहितको अटोमेटिक एसी, भ्वाइस रिकग्नेसन सहितको ८ इन्चको फ्लोटिङ डिस्प्ले, हाइट एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, सार्कफिन एन्टेना, लेदर र्याप स्टेरिङ ह्वील, क्रिस्टल इफेक्टसहितको एलइडी टेलल्याम्प जस्ता अन्य बिशेषताहरु  पाउन सकिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देश भरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Our latest comments