Home / Blogs / हुुन्डाईको ‘ग्रान्ड आइटेन निअस’ सार्वजनिक, नेपाल छिट्टै आउने
  • Upcoming Cars
  • 0

हुुन्डाईको ‘ग्रान्ड आइटेन निअस’ सार्वजनिक, नेपाल छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

हुुन्डाई कम्पनीले आफ्नो आइटेन कारको नयाँ संस्करण ‘निअस’ सार्वजनिक गरेको छ । ग्रान्ड आइ १० को नयाँ संस्करणको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । नयाँ मोडलको मूल्य कति हुन्छ त्यो भने गाडी नेपाली बजारमा आएसँगै थाहा हुनेछ । 

सबभन्दा सस्तो प्रकारको ‘एरा’ भ्यारियान्ट पेट्रोल मोटर हो भने ‘म्याग्ना’, ‘स्पोर्टज’ र ‘अस्टा’ वर्गका त्यसभन्दा महँगा सवारी पेट्रोल र डिजेल दुबै प्रकारमा उपलब्ध छन् । यसमध्ये सबभन्दा महँगो गाडी डिजेलतर्फको अस्टा हो 

यसमा रिडिजाइन हेडल्याम्प र एलइडी फग ल्याम्प दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिल, मेसिन कट अलोय ह्वील, सार्पर हेडलाइट जस्ता विशेषताले गाडीलाई निकै आकर्षक बनाएको छ । यसको ड्याशबोर्ड, इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वील, नयाँ इन्फोटेनमेन्ट सिस्टममा  एप्पल कारप्ले र एन्ड्रोइड अटोको विशेषता प्रदान गरिएको छ । कारमा भेन्यूमा प्रदान गरिएको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।

‘निअस’को अर्थ ‘अझ धेरै’ भएको जनाउँदै हुन्डाईले नयाँ कारको डिजाइन वास्तुकला र प्रकृतिबाट प्रेरित रहेको जनाएको छ । यस कारको डिजाइन मात्र नभई इन्जिन लगायतका पक्षमा पनि नयाँपन रहेको कम्पनीको दाबी छ । यसको रेगुलर मोडलमा ड्राइभर प्यासेन्जर र ड्राइभर एयरब्याग, पावर विन्डो, एबीएस, इबीडी, सेन्ट्रल लकिंग सिस्टम, रियर सिट बेल्ट, सेन्ट्रल लकिंग, टेकोमिटर, फ्रन्ट फग लाइटलगायका विशेषता दिइएको छ ।

ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसमा बीएस–६ मापदन्ड अनुरुपको इन्जिन लगाइएको कम्पनीले जनाएको छ । यस्तै, यसमा उपलब्ध युटु  १.२ लिटर सिआरडिआई डिजेल इन्जिनले ७२ पिएस पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

यसको नयाँ संस्करणको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम रहेको छ भने यसको ह्वीलवेश २४५० एमएम रहेको छ । यसको ड्याशबोर्ड, इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, स्टेयरिंग ह्वील, नयाँ इन्फोटेनमेन्ट सिस्टममा  एप्पल कारप्ले र एन्ड्रोइड अटोको विशेषता प्रदान गरिएको छ । कारमा भेन्यूमा प्रदान गरिएको ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।



Our latest comments