Home / Blogs / हुन्डाइको नयाँ आयोनिक इलेक्ट्रिक कार नेपालमा सार्वजनिक
  • Latest Cars
  • 0

हुन्डाइको नयाँ आयोनिक इलेक्ट्रिक कार नेपालमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

हुण्डाइको लागि नेपालका लागि आधिकारिक वितरक लक्ष्मि इन्टरकन्टिनेन्टल प्रालीले आफ्नो नयाँ इलेक्ट्रिक कार आयोनिक २०२० सार्वजनिक गरेको छ। हुण्डाइ आयोनिकको यो नयाँ भर्जन अझ उत्कृष्ट पावर र विशेषतामा आएको कम्पनीको दाबी छ। आयोनिकमा ३८.३ किलोवाट इलेक्ट्रिक मोटरकाे साथ १०० किलोवाट ब्याट्री पावर छ। यसको अधिकतम स्पीड १६५ किमि प्रतिघण्टा छ।

यसकारण लामो दूरीको यात्रामा पनि कुनै झन्झट नहुने कम्पनीले बताएको छ। नयाँ इलेक्ट्रिक कार आयोेनिकको ड्राइभिङ रेन्ज ३११ किमी छ। ‘पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बिना गुड्छ’ कम्पनीले भनेको छ।

नयाँ आयोनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा पनि छ। जसले रिजेनेरेटिभ ब्रेकिङमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ। यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ। आयोनिक २०२० इलेक्ट्रिक गाडीमा लेड डिआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ।

यसमा अन्य सहुलियतका विशेषताहरु छन्, ती हुन्ः ८ इन्चको फ्लोटिङ टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर आदी। यसैगरी यी गाडीमा ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल (एचएसी) एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस) ईलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (इएससी), रियर पार्किङ क्यामरा र सेन्सरहरु लगायत विशेषताहरु छन्।

कम्पनीले भनेको छ ‘सफा मोबिलिटी समाधान गर्नका लागि प्रतिबद्ध छौं, ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता गर्दैनौं।’ कम्पनीकाअनुसार उक्त नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउँछ।



Our latest comments