नयाँ जेनेरेसनको हुन्डाई क्रेटा आगामी मार्च १७ मा लन्च गर्ने गरी मिति समेत सार्वजनिक गरिएको छ । भारतीय बजारका लागि नयाँ जेनेरेसनको हुन्डाई क्रेटा बुकिङ प्रारभ भएको छ । केही छानिएका डिलरहरुमा २५ हजार भारु तिरेर सो गाडी बुकिङ गर्न सकिने बताइएको छ । यसमा ठूलो प्यानोरामिक सनरुफ, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, ब्लुलिंक कनेक्टेड कार टेक्नोलोजी र इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७ इन्चको एमआईडी जस्तो फिचर हुनेछ ।
यो वाहेक नयाँ क्रेटामा कुल्ड सिट र वायरलेस चार्जिङ जस्ता फिचर पनि उपलब्ध हुने छन् । नयाँ क्रेटाको एक्सटेरियरमा धेरै परिवर्तन गरिएको छ । यसको फ्रन्टमा हुन्डाईको ठूलो क्यास्केडिङ ग्रिल, एलईडी डीआरएलको साथमा स्प्लिट एलईडी हेडल्याम्प सेटअप र फक्स स्किड प्लेटको साथमा नयाँ बम्पर समावेश गरिएको छ । साइडमा रहेको स्क्वायर ह्विल आर्चले सो कारलाई मस्क्युलर लुक दिएको छ । नयाँ क्रेटामा ड्युल टोल अलोय ह्विल रहेको छ । कारको पछाडिको भागमा फक्स स्किड प्लेट र स्प्लिट एलईडी टेललाइट समावेश गरिएको छ ।
न्यु जेनेरेसन क्रेटामा किया सेल्टोसको इन्जिन हुने अनुमान गरिएको छ । सो कारमा बीएस६ कम्प्लायन्ट १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बाे पेट्रोल इन्जिनको विकल्प हुने अनुमान गरिएको छ । सो तीन वटै इन्जिन ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड हुनेछ । १.५ लिटर पेट्रोल इन्जिनको साथमा सीभीटी अटोमेटिक गियरबक्स, १.५ लिटर डिजेल इन्जिनको साथमा टर्क कन्भर्टर अटोमेटिक गियरबक्स र १.४ लिटर टर्बाे पेट्रोल इन्जिनको साथमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्सको विकल्प हुनेछ ।
यो गाडीमा इथानोल समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । इथानोल प्रयोग गर्दा यो गाडीले १ सय ६६ एचपी पावर र २ सय १० एनएम टर्क दिन्छ । क्रेटा स्पोर्टमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन दिइएको छ । चालकको ध्यान अन्यत्र नमोड्नका लागि यसमा भएको ब्लुटुथ कार चलाउने बेलामा प्रयोग गर्न सकिदैन । सुरक्षाका लागि यसमा एयरब्याग, एबीएस र ईबीडी, हिल एसिष्ट कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल आदि छन् । यसको अघिल्लो भागमा राखिएको विशेष स्थानमा स्मार्ट फोन राख्ना साथ चार्ज हुन्छ । यद्यपि यसका लागि वायरलेस चार्जिङ एप्लिकेसन भएको स्मार्टफोन हुनु आवश्यक छ । सामान्य स्मार्टफोनमा भने डाटा केबुलबाट चार्ज गर्न सकिन्छ ।