हुन्डाईको बीएस-६ मोडल नेपाली बजारमा सार्वजनिक

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बीएस ६ इन्जिनका गाडी नेपाली बजारमा ल्याएको छ । कम्पनीले अहिले हुन्डाई सेन्ट्रो, ग्राण्ड आई१०, इलाइट आई २०, आई २० एक्टीभ एस र भेन्यूका अधिकांश भेरियन्ट बीएस ६ इन्जिनमा ल्याएको छ ।

नयाँ मापदण्डमा आएका यी गाडीको मूल्य बीएस ४ को तुलनामा महंगा रहेका छन् । कम्पनीले नयाँ मोडलको मूल्य १ लाखदेखि १ लाख ४० हजारसम्म बढाएको छ ।

भारतमा नै नयाँ इन्जिन युक्त कारको मूल्य ५ देखि ८ प्रतिशतसम्म मूल्य वृद्धि भएर आएकाले यी गाडीको मूल्य कम्पनीले सोही अनुपातमा बढाएको हो ।

कम्पनीले नयाँ आउँदै गरेको न्यू जेनेरेशन क्रेटा र फेसलिफ्ट भर्नाको मूल्य भने घोषणा गरिसकेको छैन । साथै, एक्सेन्ट, टुसान र सान्ताफेको बीएस ६ मोडल भने तत्काल आउने छैन । यस्तो छ नयाँ मूल्यसूची ।


Share Page

0 Comments

Write a comment

menu
menu