Home / Blogs / हुन्डाई अउरा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता
  • Latest Cars
  • 0

हुन्डाई अउरा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

Nepal Auto Trader

Share this News

image

हुन्डाईले आफ्नो कम्प्याक्ट सेडान कार अउरा सार्वजनिक गरेको छ । कम्पनीले यसलाई १२ भेरियन्टमा सार्वजनिक गरेको हो । हुन्डाई अउराको डिजाइन र लुक निकै आकर्षक रहेको छ । सो ह्याचब्याक कार ग्रान्ड आई१० नियोसको प्लेटफर्ममा आधारित रहेको छ । सो कारमा बीएस६ इन्जिन जडान गरिएको छ । बीएस६ इन्जिन भएको हुन्डाईको यो दोस्रो कार हो ।

कम्पनीले निकै प्रिमियम फिचरका साथ बजारमा उतारेको आउरा १.२ लिटर पेट्रोलमा एमटी ई, एमटी एस, एमटी एसएक्स र एमटी एसएक्स (ओ) भेरियन्टमा उपलब्ध रहेको छ । त्यस्तै सोही इन्जिनमा अटोमेटिकमा समेत दुई भेरियन्ट एएमटी एस र एएमटी एसएक्स प्लस भेरियन्टमा उपलब्ध हुने जानकारी दिइएको छ । साथै, १.० लिटर टर्बो पेट्रोल इन्जिनको साथ यसलाई बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

१.२ लिटरमा सिएनजी भेरिएन्ट पनि बजारमा उपलब्ध रहेको छ । १.२ लिटर डिजेल इन्जिनमा ४ भेरिएन्ट उपलब्ध रहेको अउरा एमटी एस, एमटी एसएक्स (ओ), एएमटी एस र एएमटी एसएक्स भेरिएन्टमा उपलब्ध रहेको छ । हुन्डाईले भारतमा यसको सुरुवाति भेरियन्ट एमटी ई पेट्रोलको मूल्य ५ लाख ८० हजार भारु निर्धारण गरेको छ भने १.२ डिजेल इन्जिन युक्त एसएक्स प्लसको मूल्य ९ लाख २४ हजार भारु तोकेको छ । 

हुन्डाई अउरामा बीएस६ १.२ लिटर कप्पा टी–जीडीआई चार सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले ७४ एचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा रहेको ३ वटा सिलिन्डर १.२ लिटर ईकोटर्क डिजेल इन्जिन समावेश गरिएको छ जसले ७४ एचपीको पावर र १९० एनएनको टर्क जेनेरेट गर्छ ।

यसको साथै तीन सिलिन्डर १.० लिटर पेट्रोल इन्जिन पनि समावेश गरिएको छ । जसले ९९ एचपीको पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ । सो कार १.२ लिटर पेट्रोल इन्जिनको साथमा सीएनजीको विकल्प पनि रहेको छ । सो कारको प्रतिस्पर्धा मारुती सुजुकी डिजायर र होन्डा अमेजसँग हुनेछ ।

Our latest comments