Home / Blogs / नयाँ हुन्डाई अउरा नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

नयाँ हुन्डाई अउरा नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई अउरा नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ हुन्डाई अउराको अनावरण कार्यक्रममा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका जनरल म्यानेजर रूपेश शर्मा भट्टले सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय भइरहेका र यही समयमा बजारलाई एक स्टाइलिस, विलासी र आरामदायी सेडान प्रदान गरेर हुन्डाईले अटोमोबाइल उद्योगमा नयाँ तथा उल्लेखनीय स्तर सेट गर्नका लागि सही कदम हुने बताए ।  नयाँ स्टाइलिस सेडान आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली र सुबिधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापित हुन तयार रहेको कम्पनीको भनाइ छ ।


नयाँ हुन्डाई अउराको उत्कृष्ट ड्राइभिङ परफर्मेन्स र गतिशीलताले ड्राइभरलाई आनन्द प्रदान गर्नेछ । यस गाडीले विभिन्न कुशल र उन्नत पावरट्रेनको छनोट प्रदान गर्दछ । यसको प्रमाणित १.२ लिटर कप्पा ड्युअल भीटीभीटी पेट्रोल इन्जिनले ६००० आरपीएममा ८३ पीएस पावर र ४००० आरपीएममा ११.६ केजीएम टर्क जेनेरेट गर्छ । साथै, यसमा फ्रन्ट ड्युअल एयरब्याग, ईबीडी सहितको एन्टी लक ब्रेकिङ सिष्टम (एबीएस), रियर पार्किङ सेन्सर र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुरक्षा सुविधाहरू पनि उपलब्ध छन् । यसको पछाडि भागमा रोबष्ट स्पोर्टी बम्पर, स्टाइलिस जेड सेप्ड टेलल्याम्प, विभिन्न स्थानमा दिइएको क्रोम फिनिसले यसलाई सेग्मेन्टमा नै उत्कृष्ट सेडान बनाएको छ ।


नयाँ हुन्डाई अउरा एक आकर्षक सेडान रहेको छ । यसललाई युवा लक्षित गर्दै उत्कृष्ट डिजाइन ल्याङवेज ‘सेन्सियस स्पोर्टनेस’ तयार गरिएको छ । कारको गाडीको भागमा यूनिक ट्वीन ब्रुमिङ डे टाइम रनिङ लाइट, प्रिमियम स्टेन फ्रन्ट ग्रिल, प्रोजेक्टर फगल्याम्प रहेको छ । साइड प्रोफाइलले यसको कुपे स्टाइल दर्शाएको छ । नेपाली बजारमा हुन्डाई अउरा ११९७ सीसीको एस भेरिएन्टमा मात्र उपलब्ध हुनेछ । यो विभिन्न चार कलर भेरिएन्ट फियरी रेड, टाइटन ग्रे, टाइफुन सिल्भर र पोलार ह्वाइटमा उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ३३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।



Our latest comments