Home / Blogs / प्रिमियम मोटरसाइकल हस्कभार्ना अब नेपाली बजारमा
  • Latest Bikes
  • 0

प्रिमियम मोटरसाइकल हस्कभार्ना अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

हस्कभर्ना मोटरसाइकल अब नेपाल भित्रिएको छ जसलाई हस्कभर्ना मोटरसाइकल नेपाल नामको फेसवुक पेज मार्फत नेपालमा सार्वजनिक हुने  जानकारी दिइएको  छ । यसलाई नेपालमा भने गोल्छा ग्रुपले बिक्री वितरण गर्ने छ । बजाज अटोको लगानी रहेको उक्त मोटरसाइकल अब नेपालमा पनि २०० सीसी र २५० सीसी क्षमताका हस्कभर्नाका मोटरसाइकल बिक्री हुने छन् । अहिले कम्पनीले २५० सीसी क्षमताका मोटरसाइकल नेपाल ल्याएको जनाएको छ ।

स्वीडिस मोटरसाइकल हस्कभर्नाले १९०३ देखि मोटरसाइकल उत्पादन सुरु गरेको थियो । हस्कभर्ना मोटरक्रस एरिनामा लेजेन्ड्री मोटरसाइकलको रुपमा परिचित रहेको छ । नेपालमा केटीएम मोटरसाइकलकै शोरुमबाट हस्कभर्ना बिक्री वितरण हुने जानकारी दिइएको छ । हाल रहेको निषेधाज्ञा अन्त्य भए पश्चात् नेपालमा बिक्री सुरु हुने कम्पनी ले जनाएको छ । हस्कभर्ना भिट्पिलेन २५० र स्भर्टपिलेन २५० सुरुमा नेपाली बजारमा बिक्री हुने छन ।

यी दुबै हस्कभर्ना भिट्पिलेन २५० र स्भर्टपिलेन २५० मा समान २४८.८ सीसी इन्जिन रहेको छ भने पावर र टर्क समेत समान रहेको छ ।  भिट्पिलने २५० ले ३१ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । यस्तै स्भर्टपिलेनमा रहेको इन्जिनले अधिकतम ९००० आरपीएममा २९.५ हर्सपावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्छ । यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल डिस्क, डबल च्यानल स्यान्डर्ड एबीएस, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।



Our latest comments