Home / Blogs / होन्डाले सार्वजनिक गर्ने भयो ४ नयाँ मोटरसाइकल
  • Upcoming Bikes
  • 0

होन्डाले सार्वजनिक गर्ने भयो ४ नयाँ मोटरसाइकल

Nepal Auto Trader

Share this News

image

होन्डाले भारतीय प्लान्टबाट ४ नयाँ प्रिमियम मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ । यी मोटरसाइकल होन्डाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएका ५०० सीसी सेग्मेन्टका हुने जनाइएको छ । कम्पनीले सिबी ५०० एक्स एडभेन्चर, सिबी ५०० एफ फुलफेयर्ड, होन्डा रिवेल ५०० क्रुजर र सिबीआर ५०० आर नेकेड मोटरसाइकल भारतमा बनाउने तयारी गरेको हो ।

रिवेल ५०० मा ४७१ सीसी प्यारलल ट्वीन सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले ४५ बीएच पावर तथा ४४.६ एनएम टर्क जेनेरेट गर्छ । बाकि तिन मोटरसाइकलमा समेत यहि इन्जिन दिइएको छ भने यसले उत्पादन गर्ने पावर फिगर भने फरक रहेको छ । सिबीआर ५०० आर, सीबी ५०० एफ र सीबी ५०० एक्सको इन्जिनले ४७ बीएच पावर तथा ४३ एनएम टर्क जेनेरेट गर्छ ।

यी सबै मोटरसाइकलको मूल्य ४ लाख ५० हजार भारुदेखि ५ लाख ५० हजार भारुसम्म कायम रहने अनुमान गरिएको छ । यी मोटरसाइकल भारतमा उत्पादन हुने हो भने पहिलेभन्दा कम मूल्यमा नेपालमा पनि पाउन सक्ने अनुमान गर्न सकिन्छ । समान्य रुपमा यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा स्मार्ट कनेक्ट जस्ता फिचर रहने अनुमान गरिएको छ । यसको इन्जिनमा ५०० सीसी एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहने छ ।

कम्पनीले २०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल समेत निर्माण गर्ने अनुमान गरिएको छ । हाल बजारमा २०० सीसी सेग्मेन्टको एड्भेन्चर मोटरसाइकलमा हिरो एक्सपल्सले राम्रो बजार पाइरहेको छ । होन्डाले २०० सीसी सेग्मेन्टमा निमार्ण गर्ने उक्त मोटरसाइकल एशियाली बजारमा निर्यातसमेत गर्नेछ ।  

Our latest comments