होन्डाले बजारमा २०० सीसी क्षमताका तीन मोटरसाइकल ल्याउने घोषणा गरेको छ । कम्पनीले गत जनवरीमा २०० सीसी क्षमताको तीन नयाँ मोटरसाइकल ल्याउने घोषणा गरेको थियो ।
होन्डाले बजारमा मोटरसाइलक सेग्मेन्टमा आफु निकै पछि परेको भन्दै नयाँ मोडलका मोटरसाइकल ल्याउने घोषणा गरेको हो । अहिले स्कुटर सेग्मेन्टमा अग्रणी रहेको होन्डाले मोटरसाइकलमा पनि राम्रो गर्न भन्दै २००, ३०० र ५०० सीसी क्षमताका मोटरसाइकल भारतमा नै उत्पादन गर्ने जनाएको छ ।
कम्पनीले भारतमा बनाउने २०० सीसी क्षमताका तीन मोटरसाइकलमा स्ट्रीट, फियर्ड र एडभेञ्चर डिजाइनमा हुनेछ । संभवत यी मोटरसाइकलमा समान २०० सीसी क्षमताको इन्जिन दिने छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकलमा एयर कुल्ड इन्जिन रहने छ । यो इन्जिनले अधिकतम २० बीएच पावर र २३ एनएम टर्क प्रदान गर्ने जनाइएको छ ।
नयाँ मोटरसाइकललाई कम्पनीले २०२१ को पहिलो क्वाटरमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । होन्डाले नयाँ २०० सीसीका मोटरसाइकल सिंगल डाउनट्यूव फ्रेममा निर्माण गर्नेछ ।
PREVIOUS NEWS