Home / Blogs / होन्डा हर्नेट २.० एड्भेन्चर अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

होन्डा हर्नेट २.० एड्भेन्चर अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

होन्डाले केही समय पहिले नयाँ बाइक हर्नेट २.० सार्वजनिक गरेको थियो । अब होन्डाले यही बाइकमा आधारित एड्भेन्चर मोडल सार्वजनिक गर्ने लक्ष्य लिएको छ । सो मोटरबाइक नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । यदि होन्डाले एड्भेन्चर बाइक बजारमा ल्यायो भने हाल निकै नै लोकप्रिय मानिएको हिरो एक्पपल्सलाई कडा टक्कर दिन सक्छ भन्ने अनुमान गरिएको छ । निकै फेन्सी फिचरको साथ तयार भएको यो मोटरसाइकल बजारमा निरन्तर सफलता चुम्दै आएको छ ।


होन्डा हर्नेट २.० ड्युअल स्पोर्ट मोडलको रेन्डरिङमा आधारित हुनेछ  । होन्डाको सो बाइकको अघिल्लो भागमा थप फेयरिङ सहित एड्भेन्चर स्टाइल र ड्युअल स्पोर्ट मोडल देखिने गरी परिमार्जन गरिने छ । यसको हेडल्याम्पलाई केही मोडिफाई गरिने छ भने यसको सिट पनि अलि उठेको र सहज हुनेछ । यसको सस्पेन्सन सेटअप उही हुनेछ भने ड्युअल परपोज टायर प्रयोग गरिने छ । यसमा ठूलो बेली प्यान प्रयोग गरिने छ भने रिडिजाइन गरिएको साइड माउन्टेड एक्जस्ट हुनेछ । यसको टेल सेक्सन पनि हालको हर्नेट २.० भन्दा फरक हुनेछ, जसमा ठूलो ग्रयाब रेल र ट्विक्ड टेलल्याम्प हुनेछ ।


समग्रमा हर्नेट एड्भेन्चर निकै नै आकर्षक हुनेछ र यसले हिरो एक्सपल्स २०० सँग प्रतिस्पर्धा गर्ने अनुमान गर्न सकिन्छ । यद्यपि यसको इन्जिनमा के हुने भन्ने वारेमा भने केही भन्न सकिदैन । हाल हर्नेट २.० मा १८४ सीसी सिंगल सिलिन्डर इन्जिन छ, जसमा होन्डाको एचईटी र पीजीएम–एफआई प्रविधि छ । यसले १२.२६ पीएस पावर र १६.१ एनएम टर्क जेनेरेट गर्छ । होन्डाका मोटरसाइकल नेपालमा सर्वाधिक रिसेल मूल्य आउनेमा पर्छन् । त्यसमा पनि होन्डा र हिरो भारतमा छुट्टिएपछि नेपालमा पनि दुबै कम्पनी फरक भएका हुन् । यस्तोमा पहिला हिरो होन्डाका उत्पादनले पाउने रिसेल भ्यालु पछि होन्डाका उत्पादनले पाउन थाले ।


Our latest comments