Home / Blogs / ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक
  • Latest Bikes
  • 0

‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डाले बजारमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले आफ्नो  प्रिमियम मोटरसाइकल ‘होन्डा एच नेस सिबी ३५०’ सार्वजनिक गरेको हो । होन्डाले एक कार्यक्रम आयोजना गर्दै क्लासिक डिजाइनमा होन्डा हाइनेस सीबी ३५० मोटरसाइकल सार्वजनिक गरेको हो । नवभारत टाइम्सका अनुसार यो मोटरसाइकलको डिजाइन भारतमै भएको हो । यसको निर्माण पनि भारतमै हुनेछ । सो मोटर बाइक छिट्टै नेपाली बजारमा सार्वजनिक हुने अनुमान पनि गर्न सकिन्छ ।


निकै आकर्षक डिजाइनमा आएको यो मोटरसाइकलले भारतमा नयाँ बजार लिने होन्डाले अनुमान गरेको छ । यसले बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० र जावा ४२ जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । यसमा जडित ३४८ सिसीको ‘सिङ्गल सिलिन्डर एयर कुल्ड इन्जिन’ले ५ हजार ५ सय आरपिएममा २०.८ बिपिएच पावर र ३ हजार आरपिएममा ३० एनएम टर्क जेनेरेट गर्छ । यो डिएलएक्स र डिएलएक्स प्रो गरी २ वटा भेरियन्टमा उपलब्ध छ ।


होन्डा सीबी ३५० मा गोलो हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ । यसमा ट्यूवलेस टायरसँग १७ इन्चको अलोय ह्विल जडान गरिएको छ । त्यसैगरी ब्लुटुथ कनेक्टिभिटी, ब्याट्री अवस्था हेर्ने उपकरण, एलइडी लाइट, डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम लगायत विशेषता दिइएको छ । डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।


Our latest comments