Home / Blogs / १८०० सीसीको होन्डा गोल्डविङ टुरिङ बाइक अब नेपाली बजारमा
  • Latest Bikes
  • 0

१८०० सीसीको होन्डा गोल्डविङ टुरिङ बाइक अब नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा होन्डाको टुरिङ बाइक गोल्डविङ भित्रिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो बाइक भित्र्याएको हो ।

१८ सय सीसीको सो बाइकको मूल्य भने तोकिएको छैन । यो निकै नै महंगो बाइक हो । भारतमा समेत यसको मूल्य २८ लाख भारु तोकिएको छ । यसको अर्थ नेपाली बजारमा यसको मूल्य ८० लाख रुपैयाँको हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

होन्डाले यो एक युनिट बाइक मात्र हाल उपलब्ध गराएको छ । यसमा भएको १८८३ सीसी लिक्विड कुल्ड इन्जिनले १२५ बीएचपी पावर र १७० एनएम पिक टर्क जेनेरेट गर्छ ।

यसमा भएको एप्पल कारप्ले, रिभर्स गियर र मल्टिपल राइडिङ मोडका लागि यो लोकप्रिय छ । एप्पल कारप्ले भएको यो विश्वकै पहिलो मोटरसाइकल हो । इको, रेन, टुरिङ र स्पोर्ट गरी चार मोडमा यसलाई आवश्यकता अनुसार चलाउन सकिन्छ । त्यसैगरी यसमा ठूलो टीएफटी स्क्रिन समेत छ ।

एलईडी हेडलाइट रहने यो मोटरसाईकल विश्वव्यापी रूपमा तीन वटा कलर भेरिएन्टमा उपलब्ध  छ । त्यसैगरी न्यानो सिट, इलेक्ट्रिकल्ली एड्जस्टेबल विन्डस्क्रिन र किलेस स्टार्ट सुविधा छ ।

Our latest comments