होन्डाले ल्याउदै छ यस्तो म्याक्सी स्कुटर फोर्जा ३००

जापानी सवारी उत्पादक कम्पनी होन्डाले नेपाली बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । नेपाली बजारमा होन्डाका स्कुटर निकै लोकप्रिय रहेका छन् । होन्डाका स्कुटर निक्कै रुचाइएकै कारण कम्पनीले शक्तिशाली स्कुटर सार्वजनिक गर्न लागेको हो । आगामी डिसेम्बरसम्ममा होन्डाले भारतमा फोर्जा ३०० म्याक्सी स्कुटर सार्वजनिक गर्ने भएको छ । सो स्कुटरको एक्स शोरुम मूल्य लगभग ७ लाख भारु हुने अनुमान गरिएको छ ।

होन्डा फोर्जा ३०० म्याक्सी स्कुटरमा नयाँ फिचर र पावरफुल इन्जिन जडान गरिएको छ । सो स्कुटरमा इलेक्ट्रिक तरिकाले एड्जस्ट हुने विन्डस्क्रिन, इन्टिग्रेडेट एलईडी डीआरएलको साथमा ट्विन हेडल्याम्प, एनालग डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल र होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल जस्ता फिचर समावेश गरिएको छ । यो स्कुटरमा विन्ड स्क्रिन, एलइडी डीआरएल, ट्वीन हेडल्याम्प, एनालग तथा डिजिटल इन्ट्रुमेन्ट क्लस्टरलगायत विशेषता रहेको छ । 

सो स्कुटरको सिटको तल्लो भागमा फुल फेस हेलमेट राख्नको लागि ठाउँको सुविधा रहेको छ । साथै फ्रन्ट एप्रोनमा पनि स्टोरेजको लागि सुविधा रहेको छ । जसलाई लक पनि गर्न सकिन्छ । स्कुटरमा १२ भोल्टको चार्जिङ सर्किट पनि समावेश गरिएको छ ।सो स्कुटरमा २७९ सीसी लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ जसले ७००० आरपीएममा २५ बीएचपीको पावर र ५७५० आरपीएममा २७.२ एनएम टर्क जेनेरेट गर्छ । सो स्कुटरको फ्रन्टमा २५६ एमएम र रियरमा २४० एमएम डिस्क ब्रेक जडान गरिएको छ ।

सो स्कुटरमा ड्युअल च्यानल एबीएस समावेश गरिएको छ । फोर्जा ३०० को फ्रन्ट ह्विल १५ इन्च र रियर ह्विल १४ इन्चको रहेको छ । होन्डाकै एक्टिभा नेपालमा सबैभन्दा धेरै बिक्री हुने स्कुटरमा पर्छ । 

Share Page

0 Comments

Write a comment

menu
menu