Home / Blogs / होन्डाको बीएस ६ डियो अब नेपाली बजारमा; मूल्य र विशेषता
  • Latest Scooter
  • 0

होन्डाको बीएस ६ डियो अब नेपाली बजारमा; मूल्य र विशेषता

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बीएस ६ इन्जिनयुक्त होन्डा डियो स्कुटर सार्वजनिक भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सो स्कुटर नेपाली बजारमा उपलब्ध गराएको हो । बीएस ६ आधारीत इन्जिनमा आएका सबै ब्राण्डका सबै मोटरसाइकलको मूल्य केही वृद्धि भएको छ ।  होन्डा डियो बीएस ६ भर्सनमा इन्जिनका साथै अन्य फिचरमा समेत केही परिवर्तन गरिएको कम्पनिले जनाएको छ ।जापानीज मोटरसाइकल निर्माता कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुरुप तयार पारेर सो स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।


बीएस ६ डियोमा ११० सीसीको सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ जसले ७.६८ एचपी पावर र ८.७९ एनएम टर्क जेनेरेट गर्छ । यद्यपि यसको पावर र पर्फमेन्समा भने खासै परिवर्तन गरिएको छैन । यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक दिइएको छ । यसैगरी होन्डा डियो बीएस ६ स्कुटरमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सनका साथै नयाँ सिग्नेचर ग्रिल उपलब्ध रहेको छ । कम्पनीले यसको ग्राफिकमा समेत ठुलो परिर्वतन गर्नुका साथै यसको बडी प्यानललाई अझै बोल्ड बनाएको छ । सो स्कुटर साइलेन्ट स्टार्ट फिचरमा उपलब्ध छ ।यसमा मोबाइल चार्जिङ सकेट समेत रहेको छ ।


कम्पनीले सार्वजनिक गरेको डियो स्कुटरमा नयाँ एलइडी हेडल्याम्प, नयाँ सिग्नेचर एलईडी पोजिसन ल्याम्प, स्प्लिट ग्र्याबरेल, सार्पर लोगो र नयाँ बडी ग्राफिक्स दिइएको छ । स्कुटरमा इन्जिन स्टार्ट स्टप बटन, युनिक इन्टिग्रेटेड फङ्सन र बिम कन्ट्रोलर स्विच पनि उपलब्ध छ भने स्कुटरमा कार्बन फाइबर प्रयोग गरिएको छ । यसका साथै एलइडी डीआरएल समेत ह्यान्डलबारसँगै देखिएको छ । होन्डा डियो बीएस ६ स्कुटरमा फुल डिजिटल मिटर उपलब्ध छ । स्पोर्टी डिजाइनमा उपलब्ध डियोमा अन्य धेरै आधुनिक प्रविधिहरु पनि प्रयोग गरिएको छ ।


बीएस ६ डियो स्ट्यान्डर्ड र डिस्क गरी दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध भएको छ जसको मूल्य क्रमशः २ लाख ३९ हजार ९ सय र २ लाख ६५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसै गरी हाल नेपाली बजारमा उपलब्ध होन्डा डियोको मूल्य क्रमशः २ लाख २ हजार ९ सय र २ लाख १६ हजार ९ सय रुपैयाँ रहेको छ । यी स्कुटर पहेलो, रातो, नीलो र मेटालिक कलरमा बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ ।



Our latest comments