Home / Blogs / होण्डा सिआर–भी नेपाली बजारमा सार्वजनिक
  • Latest Cars
  • 0

होण्डा सिआर–भी नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डा सिआर–भी २०२० सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको सिआर-भी २०२० मोडल हो ।“एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जेनेरेशनको यस होण्डा सिआर–भी २०२० लाई नेपाली बजारमा पनि सार्वजनिक गरिएको हो । उक्त कारमा प्रयोग गरिएको हाई–टेक्नोलोजीयुक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्ने ट्रेडिङ्ग कम्पनीको दाबी छ ।


कम्पनीले यसमा ‘आइडीटके’ १.६ टर्बो इन्जिन दिएको छ, उक्त इन्जिनले पहिलेको तुलनामा उच्च पर्फमेन्स प्रदान गर्ने छ भने, नयाँ मोडलमा उत्कृष्ट इन्टेरियर फिचर प्रदान गरिएको कम्पनीले जनाएको छ । आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लियरेन्स यसमा पाउन सकिन्छ । यस एसयूभीमा एड्भान्स इन्टिग्रेटेड एलइडी हेडल्याम्प, इनलाइन एलइडी फगल्याम्प, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट लेदर सिट, ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ ।


९ स्पिड सिभिटी गियरबक्स रहेको यो एसयूभी अनरोड र अफरोड दुबैको लागि उत्कृष्ट मानिन्छ भने उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको छ सो गाडीमा । पावर र पर्फमेन्स युक्त होन्डा सिआर-भीले नेपाली गहकको मन जित्ने कम्पनीको दाबी रहेको छ । यसको मूल्य १ करोड ४३ लाख ९० हजार रुपैयाँ तोकिएको छ । 

Our latest comments