Home / Blogs / एड्भेन्चर बाइक होन्डा सीबीएफ १९० एक्स सार्वजनिक
  • Upcoming Bikes
  • 0

एड्भेन्चर बाइक होन्डा सीबीएफ १९० एक्स सार्वजनिक

Nepal Auto Trader

Share this News

image

होन्डाले चीनमा सानो १९० सीसीको एड्भेन्चर बाइक सीबीएफ १९० एक्स सार्वजनिक गरेको छ । होन्डाले सबैभन्दा पहिले यस्तो प्रकारको एड्भेन्चर इन्ट्री लेवलको बाइक सन् २०१६ मा ल्याएको थियो र यो नयाँ मोडल हो । सो बाइकमा १८४.४ सीसी, सिंगल सिलिन्डर २ भल्व इन्जिन छ । यसले ८००० आरपीएममा १६.८६ पीएस पिक टर्क र ७००० आरपीएममा १६.३ एनएम म्याक्सिमम टर्क जेनेरेट गर्छ ।

बाइकमा अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र रियर मोनोसक छ । बाइक हाफ फेयर्ड माउन्टेड छ भने बडी स्मार्ट लुकिङ छ । पहिलेको भर्सनमा अन्डरबेली एक्जस्ट भएकोमा नयाँ मोडलमा कन्भेन्सनल साइड माउन्टेड एक्जस्ट क्यानिस्टर छ ।

हावाको झोक्काबाट बचाउनुका साथै इन्जिन समेतको सुरक्षाका लागि यसमा पारदर्शी विन्डसिल्ड छ । यो अनरोड एड्भेन्चर बाइक भएकाले होन्डाले यसमा अलोय ह्विल र रोड टायरको प्रयोग गरेको छ । यसमा भएको इन्धन ट्यांकी १२ लिटरको छ भने पुरै बाइकको तौल १४९ किलोग्राम छ । दुवै पांग्रामा पेटल डिस्क ब्रेक छ भने थप सुविधाको रुपमा एन्टीलक ब्रेकिङ सिष्टम (एबीएस) छ । त्यसैगरी अघिल्लो भागमा भएको डिजिटल ककपिटमा गियर पोजिसन सहित विभिन्न जानकारी पाउन सकिन्छ ।

चीनमा सो बाइकको मूल्य १६ हजार ३८० युआन अर्थात करिव ३ लाख रुपैयाँ तोकिएको छ । यद्यपि यो बाइक भविष्यमा नेपाली बजारमा आउने सम्भावना भने अहिलेलाई अनुमान गर्न सकिदैन ।

Our latest comments