हिरोको स्टाइलिस मोटरसाइकल कन्सेप्ट Xtreme 1.R सार्वजनिक

हिरो मोटो कर्पले आफ्नो सबैभन्दा पावरफुल र स्टाइलिस मोटरसाइकल Xtreme 1.R को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ कन्सेप्ट मोटरसाइकल निकै सार्प र एग्रेसिप लुक्समा रहेको छ ।

हिरो मोटोका अनुसार नयाँ कन्सेप्ट Xtreme 1.R को कुल तौल १४० केजी रहेको छ भने यसमा दिइएको एलइडी हेडल्याम्प पनि निकै आकर्षक रहेको छ । यसको पछाडिको भाग कुनै स्पोर्टस बाइकको जस्तो बनाइएको छ । जहाँ सानो गो–प्रो क्यामेरासमेत दिइएको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो एक्ट्रीम सिरिजमा यसलाई समाबेस गर्ने अनुमान गर्न सकिन्छ । तर, यो प्रोटोटाइप मात्रै हो उत्पादन नै भने होइन । यसको तुलनमा उत्पादन स्पेकमा कमजोर वा आकर्षक दुबै आउन सक्छ । 

कम्पनीले यसमा एयरकुल्ड इन्जिन दिएको छ । यसबाहेक कम्पनीले यसको विषयमा कुनै जानकारी दिएको छैन । यसको उत्पादन कम्पनीले तत्काल सुरु गर्ने हो भने यसले बजाज पल्सर एनएस २०० सँग सिधा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि यसको लन्च मिति भने अझै सार्वजनिक गरिएको छैन । केही दिनमै यो बाइक भारतीय बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।

हिरो वाइकको केही सस्ता मोटरसाइकल पनि नेपाली वजारमा रहेका छन् । हिरोको सवै भन्दा सस्तो मोटरसाइकल १०० सीसीको एचएफ डिलक्स डीआरएस हो । जसको मूल्य अहिले १ लाख ५५ हजारवाट वढेर १ लाख ६३ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै १०० सीसीको स्प्लिेन्डर प्लस मोटरसाइकलको मुल्य १ लाख ७३ हजार रुपैयाँ रहेको छ ।


Share Page

0 Comments

Write a comment

menu
menu