Home / Blogs / हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर सार्वजनिक
  • Upcoming Bikes
  • 0

हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर सार्वजनिक

Nepal Auto Trader

Share this News

image

हिरो मोटोकर्पले भारतको जयपुरमा हिरो मोटोकर्प वर्ल्ड २०२० प्रेस कन्फ्रेन्सको आयोजना गरी आफ्ना नयाँ उत्पादनको वारेमा जानकारी दिएको छ ।

सो अवसरमा हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर स्ट्रिटफाइटर बाइक सार्वजनिक गरिएको छ । नयाँ मोडलको सो बाइक सार्प छ भने यसमा एलईडी हेडल्याम्पका साथै विभिन्न नयाँ फिचरले सुसज्जित छन् ।

सो बाइक आगामी मार्च महिनाको अन्त्यमा हुने बताइएको छ । यसको वारेमा धेरै जानकारी त्यही समयमा हुने बताइएको छ । बाइकको तौल १३८ किलोग्राम छ र यसको पावर टु वेट रेसियो कलास लिडिङ हुने हिरोको दावी छ । तीन कलर र दुई भेरिएन्टमा बाइक लन्च हुने बताइएको छ ।

हिरोले अर्को बाइक प्यासन प्रो र ग्लयामर १२५ लाई अपडेट गरी बीएस ६ मापदण्डयुक्त बनाएको छ । हिरोको अर्को बाइक करिज्मा जेडएमआर समेत अब बजारमा नहुने बताइएको छ ।

हिरोले हालै १५० सीसीको एक्स्ट्रिम स्पोर्ट्स बाइक बजारमा अब उपलब्ध नगराउने र यसको सट्टामा १६० सीसी सेगमेन्टका बाइकमा जोड दिने समाचार सार्वजनिक भएका थिए । यसै कुरालाई मध्यनजर गरी हिरोले यो बाइक बजारमा उपलब्ध गराउने लागेको बताइएको छ ।


Our latest comments